• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ल्याप्चे लगाउँदै आमाहरुले भने- आफूले जस्तो दुःख नपाऊन् भनेर छोराछोरीलाई पढाएका छौं

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  ११:४९
1140x725

राजविराज– सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीका अधिकांश महिला/पुरुष फागुन ६ गते डम्बर रामको नयाँ घरमा भेला भएका थिए। बाढीपीडित १८ परिवारका लागि एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी) नामको संस्थाले निर्माण गरिदिएका घर हस्तान्तरणको अवसर थियो त्यो।

हातमा विभिन्न प्ले–कार्ड बोकेका गाउँलेहरुका आँखा एकोहोरो बाटोतिरै थिए। गरिब दुःखीका लागि घर बनाइदिने एसआरपीका प्रमुख जापानी नागरिक मासामिची कामियाँलाई स्वागत गर्न उनीहरु व्यग्र थिए।

एक घन्टाको प्रतीक्षापछि मासामिचीको टोली कार्यक्रम स्थलमा प्रवेश गर्‍यो। गाउँलेहरुले उठेर स्वागत गरे। घरको साँचो हस्तान्तरणको औपचारिक कार्यक्रम सुरु भयो। यसैबीच मासामिचीको टोलीको ध्यान एउटा दृश्यले तान्यो– अधिकांश गाउँलेहरु देब्रे हातमा ‘वि निड होम’ र ‘वि आर फ्लड भिक्टिम्स’ लेखिएका प्ले–कार्ड बोकेर दाहिने हातको बूढीऔंलाले उपस्थिति पुस्तिकामा ल्याप्चे लगाउँदै थिए।

मासामिची र दीपिका सिंहले उत्सुकतापूर्वक त्यो दृश्य हेरिरहे। यसै क्रममा भुटियादेवी रामले भेद खोलिन्–‘मलाई पढ्न/लेख्न आउँदैन।’ 

प्ले–कार्ड देखाउँदै उनले थपिन्, ‘यसमा के लेखेको छ, मलाई नै थाहा छैन। गाउँमा अझै घरको आवश्यकता छ भन्ने बुझाउन हामीले प्ले–कार्ड बोकेका हौं।’ सबैले भुटियादेवीको कुरामै ‘होमा हो’ मिलाए।

करिब ५० परिवारको बसोबास रहेको मैनाकडेरीको राम टोलमा पढेलेखेका मानिस कमै छन्। चमार अर्थात् दलित समुदायका उनीहरु सबैको मनमा पढ्न नसकेको पीडा छ, तर अब सुधार गर्ने अवस्था नरहेको भन्दै चित्त बुझाएका छन्। बरु छोराछोरीलाई पढाएर समुदायकै अवस्था परिवर्तन गर्ने सोचमा छन्, उनीहरु।

‘उमेर छँदा आफूले पढ्न सकिएन। छोराछोरीलाई चाहिँ दुःख गरेर पनि स्कुल भर्ना गराएका छौं’, सरोदेवी राम भन्छिन्, ‘आफूले पाए जस्तो सास्ती छोराछोरीले भोग्नु नपरोस् भन्ने सोच छ।’ उनका पति सत्यनारायण हेटौंडामा जुत्ता सिलाउने काम गर्छन्। गाउँमा पढ्ने वातावरण र विद्यालय नजिकै नभएकाले ९ वर्षको छोरा सञ्जय र ३ वर्षकी छोरी काजललाई पनि उतै पढाउन थालेको उनले बताइन्।

रविना र विद्यानन्दालाई पनि आफूले नपढेको पीडा निकै बिझेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘नपढेको भनेपछि मान्छेले गर्ने व्यवहार नै फरक हुन्छ’, रविना भन्छिन्, ‘पति हेटौंडामा जुत्ता सिलाउने काम गर्न थालेपछि छोरीलाई पनि उतै पढाउन थालेका छौं।’

२/४ कठ्ठा जमिनमा खेती र ज्याला मजदुरी राम समुदायको मुख्य पेशा हो। पछिल्लो युवा पुस्ता भने हेटौंडा, काठमाडौं तथा भारतको दिल्ली, पञ्चाव गएर मजदुरी गर्न थालेको छ। 
तिरहुत गाउँपालिका २ का वडाअध्यक्ष भुलन यादव भन्छन्–‘कतिपय चाहिँ ऋण काढेर खाडी मुलुक पनि गएका छन्।’ 

कामको चटारो, सानै उमेरमा विवाह र शिक्षाको महत्व नबुझेका कारण लेखपढ गर्न नसकेका रामपरिवारले दैनिक ज्याला–मजदुरीबाटै जीविकोपार्जन गरिरहेको उनले बताए। 

‘पछिल्लो समय आएर अधिकांशले छोराछोरीलाई विद्यालयमा भर्ना गराएका छन्’, वडाअध्यक्ष यादवले थपे।

मैनाकडेरीको रामटोल मात्र होइन, सप्तरीमा अहिले पनि निरक्षरहरुको संख्या धेरै छ। जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार २०७१ सम्म जिल्लामा निरक्षरहरुको संख्या १ लाख २ सय ४३ थियो। सन् २०१५ भित्र सबैलाई साक्षर तुल्याउने उद्देश्यका साथ सघन साक्षरता कार्यक्रम पनि चलाइयो। तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ माघ १८ गते एक समारोहका बीच ३ महिने सघन साक्षरता कार्यक्रमको उद्घाटन गरिन्। तर, अवस्थामा भने ज्यूँका त्यूँ छ।

हस्ताक्षरसम्म गर्न नसकी ल्याप्चे लगाउने वृद्धवृद्धाहरु गाउँघरमा अहिले पनि प्रशस्त भेटिने गरेको एकीकृत अखिल नेपाल नेपाल शिक्षक संगठन सप्तरीका अध्यक्ष रामेन्द्रनाथ यादव बताउँछन्। साक्षरता कार्यक्रम अन्तर्गत हालसम्म भएका काम इमान्दारीपूर्वक हुन नसकेको र जिम्मेवार व्यक्ति÷निकायले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका कारण अवस्थामा परिवर्तन नआएको उनको बुझाइ छ।

जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले पनि १५ देखि ६० वर्षभित्रका १५ देखि २० प्रतिशत मानिस अहिले पनि निरक्षर रहेको स्विकारे। निरक्षरहरुको पछिल्लो तथ्यांक तयार भएको छैन। तर, उनीहरुलाई साक्षर बनाउने अभियान भने हाल पनि जारी नै छ। पाण्डेले भने, ‘गत वर्ष राजविराज र सप्तकोशी नगरपालिकामा कार्यक्रम चलेको थियो। यस वर्ष हनुमाननगर कंकालिनी नगरपालिकामा चलिरहेको छ।’ 

हनुमाननगर कंकालिनीमा सञ्चालित २ सय ३१ वटा कक्षा मार्फत ४ हजार ६ सय २० जना निरक्षरलाई साक्षर बनाउने योजना रहेको उनले बताए।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी
सेय बजार २.६६ अंकले वृद्धि
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार, जेठ २०, २०८३
सेय बजार २.६६ अंकले वृद्धि बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्