काठमाडौं–बुधबार मोरङ र गोरखामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरस्थित पूर्व–पश्चिम राजमार्गमा को.२८ प २१९२ नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका–१२ बस्ने ५३ बर्षीय टेकबहादुर परियारको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोरखाको गोरखा नगरपालिका–९ बिरिनचोकस्थित गोरखा–आँबुखैरेनी सडक खण्डमा बा.३ ख ४६५८ नम्बरको माइक्रोबस बुधबार सडकमा पल्टेर दुर्घटना हुँदा तनहुँ आँबुखैरेनी–१ बस्ने १६ बर्षीया श्रद्धा गौली सहित २० जना घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल गोरखा लैजाने क्रममा श्रद्धा गौलीको बाटोमै मृत्यु भएको छ । घाइतेहरुमध्ये ६ जनालाई एम्बुलेन्सद्धारा बिएण्डबि अस्पताल काठमाडौँमा पठाइएको र माइक्रोबस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।