काठमाडौं– घुससहित पक्राउ परेका भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत शाखा अधिकृत चुडामणि चापागाईं विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। बुधबार बिशेष अदालतमा मुद्दा दायर भएको हो।
उनलाई आयोगको टोलीले दुई साताअघि कोटेश्वरबाट ४ लाख घुससहित पक्राउ गरेको थियो। जग्गाको मोही सम्बन्धी विषयमा निर्णय गर्न उनले घुस मागेका थिए। जग्गाधनीले अख्तियारलाई खबर गरेर पैसा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।