काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी पुन: राष्ट्रपतिको लागि उम्मेदवारी दिन शीतल निवासदेखि नयाँ बानेश्वरसम्म पुग्दा सवारी आवागमन प्रभावित हुने भएको छ।
'राष्ट्रपतिमा उम्मेदवारी दिन राष्ट्रपति (भण्डारी) जाने भएकाले सवारी आवागमन प्रभावित हुने हो,' महानगरीय ट्राफिक महाशाखाले भन्यो, 'केही बेर मात्रै असहज हुनेछ।'
महाशाखाले फेसबुकमार्फत सूचना प्रकाशित गरी वैकल्पिक बाटो प्रयोग गर्न समेत सूचित गरेको छ।
विशेष कारणवश भन्दै शितलनिवास,शिवपुरी कलेज, बालुवाटार, भाटभटेनी, छातेगणेश, नक्साल भगवती, लोत्सेचोक, कृष्ण पाउरोटी, कमलादी, पुतलीसडक,पद्धमोदयमोड, सिंहदरवार, माइतीघर, बबरमहल, बिजुली बजार,नयाँबानेश्वर हुँदै चल्ने सवारीहरुको आवागमन एकतर्फी रुपमा प्रभावित हुने जनाइएको छ। ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न नुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।