काठमाडौं– युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा सामाखुसीस्थित सुनौलो प्रकाश कन्सलटेन्सीका सञ्चालक आर्यन लामालाई प्रहरीले पक्राउ गरेको छ।
स्पेन र पोर्चुगल पठाइदिने भन्दै उनले ३३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। युरोप नपठाएपछि पीडितहरुले पैसा फिर्ता माग्दा उनले सहकारीको 'बाउन्स चेक' दिएर ठगेका थिए। उनले चेक दिएको सहकारीमा खाता नै बन्द भइसकेको अनुसन्धानमा खुलेको छ।
हिरकाजी बस्नेत लगायत पीडितहरुको जाहेरीका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
अनुसन्धानको क्रममा उनले मोहन प्रधान र कारसाङ तामाङलाई कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुलेको छ।
अभियुक्त लामालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।