काठमाडौं- राष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि विद्यादेवी भण्डारी आफैं उपस्थित हुने भएकी छन्। दोस्रो कार्यकालका लागि समेत भण्डारीलाई नै उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
निर्वाचन आयोगले १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। राष्ट्रपति भण्डारी भने बिहान पौने १२ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जाने उनका प्रेस सल्लाहकार माधव शर्माले बताए। संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ।
फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। कांग्रेस केन्द्रीय समितिको आजको बैठकले भण्डारीविरुद्ध कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।