काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज केहीबेरमै बजे बस्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छ भने कांग्रेसले उम्मेदवारको नाम टुंग्याउन बाँकी छ। वाम गठबन्धनको बहुमत भएकाले जित निश्चित भएकाले कांग्रेसले उम्मेदवार दिने या नदिने भन्नेबारे आजैको बैठकले निर्णय गर्ने एक केन्द्रीय सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।