जलालाबाद- अफगानिस्तानको नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा मङ्गलबार बिहान तेल बोकेको एक ट्याङ्करमा आगलागी हुँदा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ।
घटनामा अन्य दुई जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता आत्ताउल्लाह खोगीआनीले जानकारी दिए।
स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे सो घटना भएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानमा आतङ्ककारी समूहले बारुदी सुरुङ्ग राख्न लागिरहेका समयमा अकस्मात विस्फोट हुदाँ सो दुर्घटना भएको जनाइएको छ।
तेल ट्याङ्कर आगलागीका कारण नजिकै रहेका ३० वटा पसल पनि जलेको बताइएको छ।
दुर्घटनाको अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।