उलान बाटोर- मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ।
मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको सो सर्वेक्षण अनुसार आत्महत्या गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन्।
बेरोजगारी, घरायसी विवाद, श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिकाबीचको सम्बन्ध र आर्थिक अवस्था कमजोर हुनु नै आत्महत्याको कारण रहेको बताइएको छ।
पूर्वी एशियाली राष्ट्र मंगोलियाको जनसंख्या करिब ३० लाखभन्दा बढी रहेको छ। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।