काठमाडौं– मिर्गौलाका बिरामी गायक तथा एरेन्जेर पूर्ण गुरुङको उपचारका लागि फूलमाया फाउन्डेसनले सहयोग गरेको छ। मिर्गौला फेरेको ९ वर्षमा पुनः समस्या देखिएपछि १ महिनादेखि गुरुङ त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
उनको उपचारका लागि फूलमाया फाउन्डेसनले २० हजार रुपैयाँ नगद सहयोग गरेको हो। फाउन्डेसनको टोलीले अस्पताल पुगेर गुरुङ पत्नी सुमी श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेको थियो।
गुरुङको उपचारका लागि केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ईन्द्रणी परिवार लगायतले आर्थिक सहयोग जुटाएका थिए।
फूलमाया फाउन्डेसनका तर्फबाट बिरही कार्की, सुमन बैरागी, संगीता श्रेष्ठ, अर्जुन गुरुङ, दिनेश थापा, सुस्मिता तमु थेबे लिम्बू, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरी, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसी, अनु गुरुङ लगायत अस्पताल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।