• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

इन्द्रबहादुर राईको कथा : खीर

64x64
नेपाल लाइभ मंगलबार, फागुन २२, २०७४  १५:३८
1140x725

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः

हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ। मध्यदिन र मध्यरातमा स्वाँ... लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु। तर, कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो। 

महान् भन्न मन लाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावटमाथिका सुप्त झैं बालुवाहरूमा अनेकौं विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झार-जंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर- भित्र कतै छुट्टै छललल- को आवाज, कतै भिन्दै भुरुरुरु-हरू पनि भएको र बजेको याद आउँथ्यो...। गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले बास पारेको थिएँ।

डाकबंगलाको कोठाहरू मरम्मत गरिँदै रहेछ र मलाई दिइएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो असजिलो थियो। छेवैको सटेको कोठामा जम्मै डाकबङ्गला मरमत गर्ने बढाई, राज, रङवाला र कुल्लीहरूले डरा बनाएका रहेछन्। तिनीहरू नै हुन् यस कथाका घटना। विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रेका थिए, उछिनी-उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरूले खीर पकाइरहेका थिए।

खानेकुरोको कुरा गरेको मन पर्दैन मलाई। तरै पनि केही नलागेर सुनिरहेँ। दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो। पलङमाथि बेडिङ फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको अर्कै रङको उज्यालो रूखका पात र हाँगाका अभेक ठाउँहरूलाई पनि छोइराख्न पुगेको थियो।

'खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ', ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा सोरले किटान गरी-गरी भनिरहेको थियो- 'यति हाम्रो चामललाई दस सेर दूध चाहिन्छ। कति सेर हाल्यो ?'

'कति सेर हाल्यो र? चार सेर त हाल्यो।'

'टिस्टा जस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क!' त्यही अघिको सोरले भन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

'चार सेर दूध हालेको खीर !' पनि भन्योः यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ।

'खीर खानु नै हो भने, धेरै चीज चाहियो,' एउटा बूढो-बूढो सोर माथि चढ्यो- 'पहिले त तिमीहरूको चामलै भएन। नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको...।'

'अलुवा नै किनिसक्नु छैन रै’छ यहाँ।' गम्म परेको मान्छेको जस्तो सोर बोल्यो- 'रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के।'

'ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा।' अर्कोले सघायो तत्कालै।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'चीज पाइयो र खीर खाने नै हो भनेदेखि भनेको,' उसले नहारी भन्दै गयो- 'नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मगमग बासना आउँछ, दसबाह्र सेर खाँट्टी दूधमा पकाउनू। पानी-दूध त पन्द्रह सेर लाग्छ। पाँच सेर पानी सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर अब लिटो भइसक्छ, खोले। मुठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लोसग्लै बसेको ठर्रो खीर हुन्छ।

खोले खीर त मुनि डढिसक्छ, भरै जम्मै डढेको गह्नाउँछ, मुनिको पर्नेलाई... ...'

दाँत माझेको जस्तो हुन्छ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ।

एक छिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो- 'दूध मात्रै ओइराएर हुन्छ? पेस्ता चाहिन्छ, किसमिस, हाडे बदाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ। ठिक्कको धीमा आँचमा पकाउनुपर्छ। किसमिस पनि छोड्नुपर्छ। अघाडि छोड्दा फुट्छ।'

'त्यो सब हालेर के हुन्छ -' एउटा उत्सुक सुरिलो स्वरले सोध्यो।

'स्वादको लागि।'- 'बास्नाको लागि।'- 'तागतको लागि।'- झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए।

'पल्केलास्।' अझै त्यही भत्सर्नाको रहलपहलजस्तो कसैले भन्दै थियो- 'सपनातिर खीर खोजिहिँड्लास्। त्यसरी मन बुझाउलास्।'

'त्यसरी यहाँ खीर पकाएको छ भने बास्ना उः पर बाटोमा हिँड्नेको नाकमा लाग्छ,' अर्कोले भन्यो।

याद गरेर यति बेला मैले तिनीहरूको खीरको बास्ना सुँघ्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन।

'तेरो खीर, यहीँ बसेको हामीलाई त बास्ना आउँदैन।' बूढाले भनि पनि हाल्यो।

'क्यै नहेरी, गज्जबकै खीर खाऊँ भन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ,' प्रतिवादमा आयो उत्तर- 'चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सक्नुपर्छ।'

सब जना सामसुम भए।

त्यही सामसुमलाई म पनि रुङिरहेको रहेछु। विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालेँ। फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकाले झैं उनीहरूको बातचितको खोलालाई अलि अर्कैतिर फर्काइदियो।

'सब चीज जुक्ताएर मात्रै कहाँ हुन्छ, पकाउने सीप हुनुपर्छ' एउटाले थाल्यो, सेतो बाफ जस्तो।

'जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानुपर्योा,' अर्कोले थप्यो।

'उसो भए मुस्किल रै’छ खीर खानु !' तेस्रोले तीतो करायो- 'असम्भव रै’छ।'

हाँसो अलि-अलि रोक्न नसकी मैले बाहिर हेरेँ। सब सामान्यजस्तै थियो। साँझका काला रूखहरू नहल्लिई उभिरहेका थिए।

'चलाऊ-चलाऊ ऐले डढ्छ यै पनि !'

'पाक्यो होला, अब त,'

'पाक्यो, पाक्यो !!'

'त्यतिको पाकेकै हो।'

'पाकेछ-पाकेछ,' भएर भाँडा उतारियो। अलि परपर सबै जना हटेको र एक-दुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो।

खाँदाखाँदै एक जनाले सोध्यो- 'के-के गन्हाएको जस्तो लाग्छ?'

'त्यस्तै लाग्छ।'

'दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दै छु।' कुन्नि कसले भन्यो। शंका मर्दै बौरँदै गरिरह्यो।

'चिनी लागेनछ।' भनेर एक जनाले एक-दुई कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्‍यो।

‘खीरमा खानु नै हो भने,' फेरि त्यही सुरुमा कुरा पकाउने मान्छे खाँदै बोल्दै थियो- 'चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ। रङ निस्किन्छ।'

'गुँड पनि कालो गुँड होइन, खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ।' दोस्रोले लगत्तै सुधार्‍यो- 'कालो गुँड हालेको त कसरी खानु, छ्या।'

'छ्याः है, कति खानुको कुरा गरेको? कति दिनमा के खीर खाएको हो-होइन, बडे-बडे कुरा हाँकेर... मलाई त कुरीकुरी लागिसक्यो।' यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझेँ।

एक-दुई गाँसमा तिनीहरू व्यस्त भए।

'चिनी हालेको गुलियो दूध-भात जस्तो मात्रै भएछ।' मोटो सोरले भन्दा जम्मै तिनीहरू एक्कासि हाँसिनिस्के। पकाउनु सिपालु सोर सबभन्दा लामो हाँसिरह्यो। उसले रोकिँदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे।

आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु। तिनीहरूले पकाएको खीर हाम्रो 'जीवन' जस्तो रहेछः जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीर जस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्य जस्तो मात्र थियो।

जीवन के टिस्टा जस्तो नहोला, जुन जहाँ जसरी बगे पनि आदर्श नै छ?

- 'कथास्था' (सन् १९७२) संग्रहबाट 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्