काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको अन्तिम प्रतिस्पर्धामा ४ जना छनोट भएका छन्।
अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी नेतृत्वको छनोट समितिले ४ जनाको अन्तिम सूची तयार पारेको हो।
४ वर्षे कार्यकालका लागि अशोककुमार पौडेल, चिरायु भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छनोट भएका हुन्।
तत्कालीन प्रमुख कार्यकारी अधिकृतकाे कार्यकाल सकिएपछि रिक्त स्थानमा पदपूर्तिका खुला प्रतिस्पर्धाबाट सिइओ छान्न लागिएको हो।
प्रतिस्पर्धामा रहेका ४ जनामध्ये पौडेल र भण्डारीको अन्तर्वार्ता २२ गते विहान र आचार्य र रायमाझीको अन्तर्वार्ता त्यही दिन बेलुका तोकिएको छ। छनोट समितिले अन्तर्वार्ता सकेपछि गरेको सिफारिसअनुसार अर्थ मन्त्रालयले एकजनालाई सिइओ नियुक्त गर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।