• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कुस्तीमा जुटेको मधेस

उत्साह साग खेलकुदपछि पनि रहला?
ऋग्वेद शर्मा/दीपक घिमिरे शुक्रबार, मंसिर १३, २०७६  १६:३३
1140x725

भैरहवा- २०५६ सालतिरको कुरा हो, कुस्ती खेलाडी खेचन यादव कुस्ती खेलिरहेकै ठाउँमा सेनाको गोली लागेर ढले। त्यसपछि कहिल्यै नफर्कने गरी कुस्ती मैदानमै बिलाए। 

राजवीर यादवसँग कुस्तीबारे कुरा गर्दा उनको स्मृतिमा झल्को दिन खेचनको त्यो क्षण अहिले पनि अगाडि आइदिन्छ। ‘कुस्ती खेलिरहेकै बेला खेचनको टाङमा सेनाको दुई गोली कसरी लाग्यो र खेल मैदान कसरी रगताम्य भयो’ राजवीरको आँखा अगाडिको घटना सुन्नेलाई पनि चसक्क पार्ने छ।  

उचाइमा पुगिसकेको नेपाली कुस्ती किन कमजोर हुँदै गयो र तराई मधेसमा कुस्तीमा नयाँ पुस्ता किन कम भए भनेर कसैले सोधिदियो भने त राजवीरलाई खेचन ढलेको क्षणले अझ पीडा दिन्छ।

राजवीर अहिले कुस्तीका प्रशिक्षक हुन्। तर ४६ वर्षका उनी आफूलाई अझै खेलाडीकै रुपमा चिनाउन रुचाउँछन्। ‘म अझै खेल्दै छु नि! अस्ति भर्खरै भारतीय पहलमानलाई हाम्रै गाउँमा हराएँ,’ खुसी हुँदै सुनाउँछन् राजवीर। 

नयाँ पुस्तामा घट्दै गएको कुस्तीको रुचि जगाउन लागिपरिरहेका राजवीरले सुनाएको ‘हाम्रै गाउँ’ सिरहा गोलबजार नजिकै हो। जहाँ उनले कुस्तीको दाउपेच सिके र त्यसैमा लागिरहे। 

राजवीरले सुनाएको खेचनको घटना प्रतिनिधि घटना मात्रै हो। १० वर्षे ‘जनयुद्ध’ को समयमा कुस्तीको विकास ठप्पै जस्तो भयो। ‘प्राय: त सेनाले नै माओवादी भन्दै दुःख दिन्थे, कुस्ती खेल्न त परको कुरा सिकाउनै पनि निकै समस्या हुन्थ्यो। कुस्ती खेलाडी हुँ, माओवादी होइन, भन्दा पनि पिटपाट सहनु पर्थ्यो, कतिले त ज्यान नै गुमाए,’ राजवीरले पुराना दिन सम्झँदै सुनाए। 

कुस्तीको प्रारम्भलाई हेर्ने हो भने यसमा भिडन्तभित्र पनि अनुशासन छ। तर नेपालमा कुस्ती खेलमा लागेका खेचनहरूले अनुशासित खेलमा रहेर पनि माओवादी भएको आरोपमा सेनाको धरपकड सहनु परिरह्यो। कुस्ती खेलमा वर्जित हुने हतियारको मैदान बाहिरको आक्रमणले खेचनले ज्यान नै गुमाउनु पर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

कुस्तीको आरम्भ त्यस समयमा भएको मानिन्छ, जतिबेला मानिससँग हतियारको ज्ञान र प्रयोग नै थिएन। विशेष त पशुबलमाथि जित हात पार्न मानिसहरूले कुस्ती कला विकास गर्न थालेको अनुमान गरिन्छ। त्यसले मानिसको जीवनयापनमा सिकारलाई अझ बलियो बनायो। 

रामायणमा उल्लेख भएको बाली-सुग्रिव भिडन्त होस् वा महाभारतमा भीम दुर्योधनबीचको युद्ध, कुस्तीका दाउपेच पौराणिक ग्रन्थहरूमा उल्लेख्य छन्। त्यसका आधारहरू हेर्दा लडाइँमा पालना हुने दाउपेचभित्र पनि अनुशासन भने झल्कन्छ नै। विशिष्ट समयमा कुस्तीबाझहरू भेला गरी लडाउने र त्यसको आनन्द लिने प्रचलन त हाम्रै पुर्खासम्म नै आइपुग्यो। 

पूर्वीय सभ्यतासँग मात्रै होइन, कुस्तीको सम्बन्ध मानवीय विकाससँग नै जोडिन्छ। इजिप्टमा नाइल नदी किनारमा रहेको बेने-हसन समाधीस्थलको पर्खालमा कुँदिएको चित्रहरूमा समेत कुस्तीमा इशापूर्वका प्रमाणहरू देखिन्छन्। पाँचौं शताब्दीदेखि १५ औं शताब्दीसम्म जापान, बेलायत र फ्रान्सका राजखानदानमा कुस्तीको प्रयोगबारे त लेखोटहरू पनि भेटिन्छन्। त्यसपछि खेलकै रुपमा विकास भएको कुस्ती त सबैको सामु छँदैछ। 

कुनै हतियारबिना भिड्ने द्वन्द्वयुद्धका रुपमा हेरिने कुस्ती जब खेलका रुपमा विकास भयो तब यसले नैतिक संहिताका रुपमा खेलको अनुशासनलाई अझ बलियो बनायो। शारीरिक बलको लेखाजोखासँगै मनोवैज्ञानिक सीप पनि महत्वपूर्ण बन्यो। त्यस्तै ज्ञानले साना शरीरका खेलाडीले पनि कठिला पहलमानहरू पछार्न थाले। 

शारीरिक व्यायाम, असल आहार, सदाचारको पालना कुस्ती खेलाडीका लागि सहज पक्कै छैन। खेलमा हुने नैतिक संहिताले त कुस्ती भिडन्तको भिन्न अनुशासनलाई बलियो बनाएकै छ। ‘मल्ल युद्ध’का नामले समेत बुझिने यस्तो कुस्ती कला नेपालमा विशेषतः तराई मधेशतिर नै देखिन्छ।

सुरुवात हेर्दा जीवनयापन हुँदै शत्रुता निवारणसँग जोडिए पनि कुस्ती विशुद्ध व्यायाम र खेल नै हो। तर खेलकै रुपमा रहेको कुस्ती १० वर्षे ‘जनयुद्ध’को समय नराम्ररी प्रभावित भयो। त्यो समय कमजोर बनेको मधेसको कुस्ती अहिले विस्तारै उठ्ने प्रयासमा देखिन्छ। त्यसैमा लागिरेहका छन् राजवीर यादव जस्ता खेलाडी। 

अहिले भैरहवाबाट झण्डै ३ सय ५७ किलोमिटर पर जनकपुरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलका लागि तयारी अन्तिम चरणमा छ। कुस्तीका खेलहरू जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हुनेछ। जसका लागि कभर्ड हलले रंगरोगनसहित नयाँ स्वरुप पाइसक्यो।

सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा भएको चौथो सागबाट कुस्ती खेल समावेश गरिएको थियो। त्यसपछि सबै सागमा कुस्ती समावेश भइरहेको छ। नेपालले अहिलेसम्म एक रजत मात्र जित्न सकेको कुस्तीमा यसपटक आश बढी छ। 

नेपालमा साग आयोजनाको तेस्रो चरणमा पहिलो पटक काठमाडौंबाहिर आयोजना हुन लागेको साग खेलकुदमा कुस्तीको सबै जिम्मा जनकपुरलाई छ। मंसिर २० देखि २३ सम्म कुस्तीका खेलहरु हुनेछन्। यसले मधेसमा कमजोर हुँदै गएको कुस्तीले नयाँ जीवन पाउने आशमा खेलाडीहरु छन्। 

७ महिला र ७ पुरुष गरी कुस्तीमा सहभागी हुने १४ खेलाडीहरु अहिले हेटौंडामा ‘क्लोज क्याम्प’मा छन्। राष्ट्रिय टिमबाहिरका खेलाडीहरुको जमघट भने अहिलेदेखि नै धनुषा खेलकुद विकास समितिको कवर्ड हल वरपर देखिन्छ। यसले तराई मधेशमा लोकप्रिय मानिएको कुस्ती प्रतियोगिताप्रति बढेको आकर्षण देखाउँछ। यसपटक त अन्तर्राष्ट्रिय रुपमा नै कुस्तीमार्फत आफ्नो परिचय दिने अवसर मधेशले पाएको पनि छ। 

नेपालमा भारतबाट विभिन्न कुस्ती प्रतियोगिता खेल्न यसअघि पनि खेलाडीहरु आउने गरेकै थिए। यसपटकको खेल राष्ट्रिय टिमसँग जोडिने भएकाले पनि माहोल भिन्न बनिरहेको छ।

जनकपुरमा कुस्ती आयोजनाको समन्वय गर्न बनेको कार्यदलका संयोजक रहेका कमल किशोर चौधरी भौतिक पूर्वाधार सबै तयार भएर अब जनकपुर अतिथि सत्कारमा तयार रहेको बताउँछन्। ‘कुस्तीका लागि सबै तयारी भइसकेको छ। भौतिक पूर्वाधार तयार छन्। हामीले सा‌ँस्कृतिक कार्यक्रमका लागिसमेत तयारी गरेका छौं अब अतिथि सत्कार गर्ने पर्खाइ मात्र हो,’ उनले बताए। 

साग कुस्तीको आयोजना जनकपुरमा हुनाले पनि यस क्षेत्रका कुस्ती पारखीहरूलाई नयाँ स्वादमा खेल हेर्ने पर्खाइ रहेको छ। धनुषामा मात्रै होइन रुपन्देहीमा त स्थानीय तहमार्फत कुस्तीलाई वार्षिक खेल पर्वकै रुपमा अगाडि बढाउने योजना पनि बनिरहेका छन्। रुपन्देहीको रोहिणी, ओमसतिया गाँउपालिका तथा देवदह नगरपालिकाले पछिल्लो समय कुस्तीको विकासका लागि प्रतियोगिता पनि गरिरहेका छन्। 

ओमसतिया गाउँपालिकाले त अखडा (खेल मैदान) नै निर्माण गरेर कुस्ती विकास थालेको छ। ‘मानिसहरूको रुचि कुस्तीमा बढाउन तथा पहलमान उत्पादन गर्न अखडा नै बनाएर जुटेका हौं,’ गाउँपालिका अध्यक्ष हिरा केवट राहुलले सुनाए। ओमसतिया गाँउपालिका-५ गौरी तथा वडा नम्बर-६ मझौली मा बर्सेनी कुस्ती प्रतियोगिता हुन्छन्। 

रोहिणी गाँउपालिकाको पोखरभिण्डी तथा देवदह नगरपालिकाका खैरेनीमा पनि प्रतियोगिताहरू हुने गरेका छन्। भैरहवामा जारी पाँचौ लुम्बिनी पर्यटन प्रवर्द्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा पनि कुस्तीलाई प्रतियोगिताको रुपमा नै सञ्चालन गरियो। यसले पछिल्लो समय बढ्दै गएको कुस्तीको आकर्षण देखाउँछ। 

कुस्ती खेल हेर्नका लागि जती मजा आउँछ त्यति नै यो खेल टिकाइराख्न समस्या रहेको खेलाडीहरू बताउँछन्। ‘मुख्य त खेलाडीलाई लागि आवश्यक खानपान मिलाउन नै समइा छ, थोरैतिनो खाएर पुग्दैन’ महोत्तरीका कुस्ती खेलाडी लक्ष्मण यादवले सुनाए।

लक्ष्मण अहिले सागमा कुस्ती हुने जनकपुरमा नै छन्। उनी त्यहाँको माहोल नियालिरहेका छन्। जनकपुरमा कुस्तीको आयोजनाले यस भेगमा नयाँ खेलाडीमा उत्साह थपिने उनको आश छ। 

खानपान मिलाउन सके पनि आवश्यक प्रशिक्षक र खेल्ने ठाउँकै पनि अभाव देखिन्छ। ‘कुस्ती खेलका लागि आवश्यक प्रशिक्षक, अखडा, डाइट खानाको राम्रो प्रबन्ध नहुँदा पहलवानहरु चाहे जसरी कुस्तीमा रमाउन सकेका छैनन्,’ प्रशिक्षक राजेन्द्र यादवले बताए। सरकारी स्तरबाट नै खानपान र हेरविचारको प्रबन्ध नहुँदासम्म खेलाडीलाई टिकाइराख्न नसकिने उनी बताउँछन्। 

सरकारले कुस्ती खेललाई अन्य खेललाई जस्तो प्राथमिकता दिन नसकेकाले कुस्तीको विकासमा समस्या आउने गरेको रुपन्देही कुस्ती संघका अध्यक्ष रामप्रसाद कुर्मीको भनाइ छ।

‘एक सामान्य पहलवानका लागि पनि दैनिक ४ वटा अण्डा, एक लिटर दुध, चना र घ्यु आवश्यक पर्दछ। खानाको अभावले नै कतिपय खेलाडी खेलप्रति रुचि हुँदाहुँदै पनि खेल्न नपाएको गुनासो गर्छन्,’ उनले सुनाए।

जनकपुरमा आएको सागको कुस्ती आयोजनाले भैरहवासम्म बढीरहेको कुस्ती मोहलाई अझ प्रभावकारी बनाउन यसमा लागेकालाई अखडामा मात्रै सीमित नराखी सरसल्लाह र नीतिनिर्माणमा समेत जोड्न सके अझ प्रभावकारी हुनेछ। जसले जनकपुरमा साग सकिएपछि पनि कुस्तीको माहोल बढाइराख्नेछ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम शनिबार, भदौ ६, २०८३
नीति र नेतृत्वदेखि स्थानीय चुनावसम्म : रास्वपाको कार्यशाला सुरु शनिबार, भदौ ६, २०८३
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु शनिबार, भदौ ६, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्