मैले आन्तरिक विस्थापनमा परेका अफगानी भेटेको छु। युद्धले ग्रस्त गृहनगर कश्मिरको भग्नावशेष देखेको छु। जब म बंगलादेशको कोक्स बजार पुगेँ त्यहाँ फरक दृश्य भेटेँ, जहाँ मानिसहरु गाँस, बास, कपासबाट विमुख थिए। उनीहरु रोहिंग्या थिए जो म्यानमारबाट भागेर बंगलादेश आएका हुन्।
कोक्स बजारमा भेटिएका रोहिंग्याहरुको वेदना खोतल्दै म पोरीरद्वीपको किनारतर्फ लागेँ। मैले दुरबाट त्यहाँ केही अप्ठ्यारो परिस्थितिको अनुमान लगाएको थिएँ। मेरो अनुमान सही सावित भयो- म्यानमारबाट भागेर बंगलादेश आउँदै गरेका रोहिंग्या चढेको डुंगा पल्टिएको रहेछ। केही महिला अचेत अवस्थामा थिए। अचेत महिलाहरुलाई केहीले सम्झाउँदै थिए। जसले अरुलाई सान्तवना दिँदै थिए केही क्षणमा तिनीहरुनै अचेत भए। डुंगामा ४५ परिवार सवार थिए। दुर्घटनामा अधिकांशका आफन्त डुबे।

हनैदा बेगम मृत शिशुलाई चुम्बन गर्दै। पोरीद्वीपमा डुंगा पल्टँदा यी शिशुको ज्यान गएको थियो।
केहीबेरमा अब्दुल मसुद जुमल्याहा छोरामध्ये एकलाई च्यापेर आएर जसले संसार छाडिसकेका थिए। धर्तीमा टेकेको ४० दिन नपुग्दै ज्यान गुमाएका छोरालाई बाबुले च्यापेको दृश्य हृदयविदारक थियो। सान्त्वना कुन शब्दले दिने म निशब्द भए केही गर्न सकिनँ। अमिलो मनले तस्बिर खिचेँ।
दुर्घटनामा बच्चाको ज्यान गएपछि सदगतको लागि अनुमति लिन बाबु मसुद स्थानीय अधिकारीलाई खोजिरहेका थिए। एक घन्टापछि सदगद गरे र अन्य व्यक्तिहरुसँगै अब्दुल पनि गाँस, बास र कपासको खोजीमा दौडिए। त्यो समय मैले महसुस गरेँ कि यी व्यक्तिहरुलाई समवेदनाको लागि पनि समय उपलब्ध छैन।

रोहिंग्या समुदायका एक वृद्ध। बंगलादेश पुगेपछि बच्चालाई डुंगाबाट उतार्दै
त्रासदीपूर्ण हिंसाबाट बच्न डुंगाबाट बंगलादेश भाग्नु, डुंगा पल्टनु, एक छोराको निधनमा शोक मनाउनु र अर्कोले पाएको जीवनदानमा धन्य हुनु; यो भन्दा भावुक क्षण अरु के हुन सक्छ?
त्यो दयनीय अवस्थाको साक्षी भएको म तस्बिर लिनबाहेक केही गर्ने अवस्थामा थिइनँ। अनागरिक रोहिंग्याले सधैँ व्यहोरिरहेका कष्ट कैद गरेँ अर्को स्थानको यात्रा तय गरेँ।

सेना र बुद्धिष्टहरुको आक्रमणबाट घाइते भएका मोहम्मद जाकिरा
यात्राको दुई दिनपछि समुद्र किनारमा हिँडिरहेका अब्दुल करिमर अलिमा खातुनलाई भेटेँ। उनीहरुले कसरी ज्यान जोगाए? र, त्यो कष्टकर यात्रा खोतलेँ। ज्यान जोगाउने अन्तिम आशा बोकेर अध्यारोमा डुंगामार्फत यात्रा तय गरेँ र बहुसंख्यक मानिसहरुलाई पछयाउँदै शरणार्थी शिविरमा पुगेँ। त्यहाँ उनकीहरुले आफ्नो यात्राको बेलिवस्तार लगाए।
अब्दुल करिमर र अलिमा खातुनजस्तै सास जोगाउने झिनो आसमा बहुसंख्यक रोहिंग्याले म्यानमार छाडिरहेका छन्।

पोरिर द्वीपमा रहेको शिविरतर्फ जाँदै गरेका रोहिंग्या
उनीहरुलाई कदम कदममा अवरोध छ। देश छाड्न आदेश लिनुपर्छ। बंगलादेश ज्यान जोगाएर छिर्नुपर्छ। सीमित बासस्थान, सीमित खाना र सीमित स्वास्थ्यसेवा उपलब्ध छ बंगलादेशमा तर थाम्नै नसक्ने गरी रोहिंग्या बंगालदेश पसिरहेका छन्। अहिले सबै बेघर छन्। पैसा थियो अहिले गरिब छन्। परिवार थियो कोही डुंगा पल्टिएर त कोही सीमा क्षेत्रमा गोली खाएर संसार छाडेका छन्। बचेको आफ्नो जिन्दगी छ, कतिखेर अन्त्य हुन्छ त्रासदीपूर्ण अवस्थामा छन्।

सहायता संस्थाहरुले वितरण गरेको राहत लिन हारालुछ गर्दै
यो कष्टकर अवस्था देखेर मेरो मन कश्मिरमा रहेका मेरा परिवारतर्फ पुग्छ। कश्मिरमा म मेरो छोरी पढ्ने विद्यालयका शिक्षकहरुलाई सधैँ प्रश्न गर्थे,' मेरो छोरीले आफ्नो वजनभन्दा गह्रुँगो झोला कहिलेसम्म बोक्नुपर्छ?'

म्यानमारबाट भाग्ने क्रममा घाइते भएका मोहम्मद कलिम उल्लाह उपचारपछि तंग्रँदै
मेरी छोरीले आफूभन्दा गह्रुँगो झोला बोकेकोमा अब मलाई कहिल्यै पीर पर्ने छैन। किनकि मैले दृश्य देँखे झोला बोकेर स्कुल जानुपर्ने उमेरका बच्चाहरु भेलमा अभिभावक काँधमा बोकेर तारिरहेका छन्। भिरालो र चिप्लो जमिनमा सहारा बनेर उभिएका छन्। दुई दिन कष्टकर दृश्यका साक्षी बनेको म यो अवस्थाको छिट्टै अन्त्य होस् भन्ने प्रार्थना गर्दछु।
(टाइम्सका लागि दर यासिनले तयार गरेको यो सामग्री शिशिर ढकालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।