एजेन्सी- मेक्सिकोको भूकम्पमा ज्यान गुमाउनेको संख्या २ सय ३० पुगेको छ। भग्नावशेषमा मानिसहरु अझै फसेको हुन सक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्युबेला सहरलाई केन्द्रविन्दु बनाएर मंगलबार भूकम्प गएको थियो। तीन दशकअघि गएको भूकम्पमा दिवंगत भएकाहरुको स्मृतिमा कार्यक्रम सकेको एक घन्टा नबित्दै शक्तिशाली भूकम्प गएको हो।
भूकम्पबाट एक स्कुलको भवन भत्किँदा २१ जना बालबालिकाको मृत्यु भएको छ। सन् १९९८५ सेम्टेम्बर १९ मा ८ दशमलव १ म्याग्निच्युडको भुकम्प जाँदा १० हजार जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।