एजेन्सी- श्रीलंकामा नवजात शिशु बिक्री गर्ने धन्दा मौलाएको रहस्य खुलेको छ।
सन् १९८० देखि हालसम्म ११ हजार बालबालिका बेचिएको रहस्य खुलेको बिबिसीले जनाएको छ। करिब ४ हजार बच्चा फर्जी कागजका आधारमा नेदरल्याण्ड पुर्याइएको र अन्यलाई स्वीडेन, डेनमार्क जर्मनी र बेलायत पठाइएको भेटिएको छ।
धर्मसन्तानका रुपमा श्रीलंकाबाट बच्चा बेच्ने धन्दा मौलाएको जानकारी पाएपछि श्रीलंकाली स्वास्थ्य मन्त्रीले डिएनए परीक्षणबाट बेचिएका बच्चाको वास्तविक आमा पत्ता लगाउन सरकारले सहयोग गर्ने बताएका छन्।
'नेदरल्याण्ड पुर्याबइएका बच्चाहरुको डिएनए परीक्षण गरी वास्तविक आमा पत्ता लगाउन सरकारले सहयोग गर्नेछ,' स्वास्थ्य मन्त्रीले भनेका छन्।
नेदरल्याण्ड सरकाले धर्म सन्तान प्रतिबन्ध गरे पनि श्रीलंकाबाट सबैभन्दा धेरै बच्चा नेदरल्याण्ड पुर्याइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।