दमक- माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नं ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ।
स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई सुखादी खोलाले बगाएको थियो।
बुधबार बिहान ६ बजेतिर माछा मार्न गएका उनी दिउँसो मृतावस्थामा भेटिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।