काबुल- अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ।
मारिएका मध्ये ८ जना स्थानीय लडाकु कमान्डर रहेका छन् भने अरू ५२ जना घाइते भएका छन्।
गत २४ घन्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटकपटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ।
'राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाया कारबाही र १४ प्रान्तमा १० वटा विषेश सुरक्षा कारबाही चलाएका थिए। ती कारबाहीमा ६१ जना मारिएका छन्,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मारिनेमध्ये ८ तालिवान कमान्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट (आईएस) का लडाकु रहेको विज्ञप्तिमा जनाइएको छ।
मन्त्रालयले ५२ जना लडाकु घाइते भएका र २ जनालाई पक्राउ गरिएको जनाइएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।