काठमाडौँ, (रासस)- शिक्षाविद् केदारभक्त माथेमा र डा मनप्रसाद वाग्ले उच्चस्तरीय शिक्षा आयोगमा नरहने भएका छन्।
मंगलबार संसद्ले पारित गरेको शिक्षा ऐन (नवौँ) संशोधनले सामुदायिक विद्यालयको गुणस्तर खस्कने भन्दै आयोगमा रहेर काम गर्न असमर्थता जनाएका हुन्।
गत साता भएको आयोगको पहिलो बैठकमा सहभागी डा वाग्लेले आज मन्त्रालयसामु लिखित राजीनामा दिएका थिए भने माथेमाले हालसम्म पत्र बुझेका छैनन्। नवौँ संशोधनले अस्थायी शिक्षकलाई ‘एक व्यक्ति एक पद’ को सिद्धान्तअनुरुप विज्ञापनमार्फत ७५ प्रतिशतलाई आन्तरिक र २५ खुला गराउने व्यवस्था गरेको छ।
सरकारले शिक्षासम्बन्धी नीति निर्धारणका लागि गत भदौ १९ गते उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।