लमजुङ- हत्या अभियोग लागेका एक व्यक्ति ४० वर्षपछि पक्राउ परेका छन्।
२०३४ सालमा गरेको हत्याको अभियोगमा १० वर्षको जेल सजाय सुनाइए पनि फरार रहेका राइनास नगरपालिकाका रेपबहादुर थापालाई लमजुङ प्रहरीले आज पक्राउ गरेको हो।
थापाले २०३४ पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेका थिए । सो घटनामा जिल्ला अदालत लजमजुङले कर्त्तव्य ज्यान मुद्दामा थापालाई १० वर्षको जेल सजाय सुनाएको थियो । अभियुक्तले भोजबहादुरको साथबाट २६० रुपैयाँ लुटेर भिरबाट धकेलिदिएका थिए।
थापालाई कर्तव्य ज्यान मुद्दामा २०३७ साल पुस ९ गते जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाइएको थियो । त्यसबेला उनी सोही अदालतमा कार्यालय सहयोगी थिए।
पक्राउपछि पूर्व फैसलाअनुसार थापालाई जेल चलान गरिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।