सिरहा- लहान नगरपालिकामा वडा नम्बर ५ को मत परिणाम घोषणा हुनै लाग्दा मतगणना अवरुद्ध भएको छ।
मत परिणाम घोषणा हुनै लाग्दा नेपाली कांग्रेसका प्रतिनिधिले पुनः मतगणना गर्नुपर्ने अडान राखेपछि गणना अवरुद्ध भएको हो।
कांग्रेस पुनः मतगणना गर्नुपर्ने पक्षमा र नेकपा एमाले मत परिणाम घोषणा गर्नुपर्ने अडानमा रहेपछि दिउँसो तीन बजे गणना रोकिएको दलका प्रतिनिधिले बताएका छन् ।
विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले कार्यकर्ताले निर्वाचन अधिकृत विरुद्ध नाराबाजी समेत गरेका थिए।
वडा नम्बर ५ को मत परिणाम घोषणा नभएसम्म आफ्नो प्रतिनिधि नपठाउने एमालेका नेताले बताएका छन्।
सिरहाका सहायक निर्वाचन अधिकृत पवन गुप्ताले मतगणना पुनः थाल्न दलहरुसँग छलफल भइरहेको बताएका छन्।
यसअघि मंगलबार पनि लहान नगरको गणना अवरुद्ध भएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।