काठमाडौं– नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उपसचिव प्रेमप्रसाद आचार्यलाई अन्तरिम कालका लागि जिम्मेवारी दिइएको छ ।
निगमको कार्यकारी निर्देशकबाट गोपाल खड्का पदमुक्त भएपछि आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभइञ्जेलका लागि आचार्यलाई जिम्मेवारी दिएको हो।
मन्त्रालयका सहप्रवक्ता बाबुराम भुसालले आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्म निगमको कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको जानकारी दिए।
आचार्य आपूर्ति मन्त्रालयका प्रशासन प्रमुख हुन् । निगम नेतृत्वविहीन हुँदा दसैंको समयमा पेट्रोलियम आपूर्तिमा समस्या पर्न सक्ने भन्दै मन्त्रालयले आचार्यलाई तत्कालका लागि प्रमुखको जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।