काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई आदिवासी जनजातिको ठूलो योगदान रहेको बताएका छन्।
नेपाल आदिवासी जनजाति संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब प्रादेशिक चुनावमा जुट्नुपर्ने बताए।
'नेपालको वर्तमान संविधानमा आदिवासी जनजातिहरुको हक, अधिकार र नेपाली कांग्रेसमा भविष्य' विषयक विचार गोष्ठीमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले कांग्रेस सदैव जनताको पक्षमा रहेको बताए।
कार्यक्रममा संघ केन्द्रीय समितिका महामन्त्री प्रशान्त राईले यहाँका आदिवासी जनजातिको हक अधिकार र पहिचानका लागि शीर्षस्थ नेताहरुले बोल्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।