• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  २१:०२
1140x725

काठमाडौं- अन्त:शुल्क स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभागले प्रकाशित गरेको बोलपत्रको म्याद १५ दिन थपिएको छ। विभागले असोज १३ गते ४५ दिनको समय दिएर पहिलोपटक सूचना प्रकाशित गरेकोमा १५ दिन समय थपिएको छ। 

विभाग स्रोतले दिएको जानकारी अनुसार अब यो खरिद प्रक्रियामा सहभागी हुन चाहने बोलपत्रदाताले मंसिर १३ गतेसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। 'हामीले १५ दिनको समयावधि थप गर्ने निर्णय गरेका छौँ,' विभाग स्रोतले भन्यो। 

अन्त:शुल्क स्टिकरको भण्डारण सकिन लागेपछि आह्वान गरिएको बोलपत्रको समय सकिनु अघिल्लो दिन विभागले समय थप्ने निर्णय गरेको हो। यस सम्बन्धी सूचना बिहीबार औपचारिक रुपमा प्रकाशित हुनेछ। 

प्रक्रिया रोक्न लेखाको दोस्रो पत्र
संसदको सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया नै रोक्न निर्देशन दिँदै विभागलाई दोस्रो पत्र पठाएको छ। पहिलोपटक विभिन्न प्रश्न उठाउँदै खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको लेखा समितिले दोस्रो पत्र लेख्दै आफ्नो पुरानो निर्देशन कायमै राखेको हो। 

पहिलोपटक बैठक नै नबसी प्रक्रिया स्थगित गर्न भनेको लेखा समितिले दोस्रोपत्रमा आफ्नो बैठकमा सरोकारवालाहरुको छलफल बाँकी नै रहेको भन्दै प्रक्रिया अघि नबढाउन भनेको थियो। 'संसदीय समितिले नै भनेका कारण म्याद थप गरिएको भन्ने त होइन,' विभाग स्रोतले भन्यो। 

लेखा समितिले यसअघि सोमबार नै अर्थमन्त्रीसहितका पदाधिकारीसँग छलफलको तयारी गरेको भए पनि अन्तिम समयमा बैठक रोकिएको थियो। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका लागि सांसदहरु जिल्ला गएकाले कोरम नपुग्ने भन्दै बैठक बसेको थिएन। 

अन्त:शुल्कको स्टिकर छपाइ र आपूर्तिको ठेक्कामा स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको मौका दिनुपर्ने भन्दै लेखाले प्रक्रिया रोक्न भनेको हो। विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिद गर्न लागेको भन्दै लेखा समितिले खरिद पक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। 

विभागले इन्टरग्राफमा आबद्ध कम्पनीले मात्रै स्टिकर छपाइ गर्न सक्ने 'स्पेसिफिकेसन'सहित बोलपत्र आव्हान गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्व चुहावटको जोखिम उच्च भएका कारण जटिल मानिने अन्त:शुल्क स्टिकर छपाइ सुरक्षण मुद्रणबाट मात्रै गर्ने गरी विभागले बोलपत्र आव्हान गरेकोमा समितिले भने सुरक्षाकर्मी परिचालन गरेर छपाइको सुरक्षा प्रबन्ध मिलाउन सकिने उपायसहितको पत्र पठाएको थियो। 

अर्थको जवाफपछि पनि लेखा समिति असन्तुष्ट
लेखा समितिले उठाएका ५ वटा प्रश्नको जवाफ अर्थ मन्त्रालयले पठाइसकेको छ।

सुरक्षण मुद्रण उद्योग नेपालमा स्थापना गर्न सरकारले कुनै पनि उद्योगलाई अनुमति नदिएको र तोकिएको सुरक्षित मापदण्ड पुरा गर्ने उद्योग नेपालमा नभएको व्यहोरासहित मन्त्रालयले पत्र पठाएको थियो। 

अन्तःशुल्क स्टिकर विगतमा छपाइ गर्दा भएका त्रुटि र त्यसले राजस्वमा पारेको जोखिमको उदाहरणसहित लेखालाई जवाफ पठाइएको छ। यसैगरी अहिले सुरु भएका पक्रिया स्थगन गर्न नसकिने पनि दुई निकायको जवाफमा उल्लेख गरिएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इन्टरग्राफमा आवद्ध कम्पनी नै किन भन्ने लेखाको प्रश्नमा अर्थले विगतमा इन्टरग्राफमा आबद्ध नभएको कम्पनीले आफूर्ति गरेको स्टिकर कमसल भएको र ५० करोड थान अझै थन्क्याउनु परेको उल्लेख गरिएको छ। 

सार्वजनिक लेखा समितिले भनेजस्तै नेपालमै सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने विषयमा ५ वर्षअघि नै अध्ययन भएको थियो। उद्योग विभागका तत्कालीन महानिर्देशक महेश्वर न्यौपानेको संयोजकत्वमा भएको अध्ययन समितिले सुरक्षण मुद्रण स्थापनाको अनुमति सरकारले दिनुपर्ने र त्यसको मापदण्ड पनि सरकारले तोकेर समयसमयमा परिवर्तन गरिरहनु पर्ने उल्लेख छ। 

यही प्रतिवेदनअनुसार औद्योगिक प्रवर्द्धन बोर्डमा एउटा प्रस्ताव पनि त्यतिबेला नै लगिएको थियो। सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने, त्यसको सञ्चालन गर्ने कार्यविधि तयार गर्ने र सुरक्षण मुद्रण उद्योगका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा छलफल भए पनि सूचना तथा सञ्चार मन्त्रालयले त्यसको विरोध गर्योय। सञ्चार मन्त्रालयको विरोधपछि सुरक्षण मुद्रण उद्योग स्थापनासम्बन्धी प्रस्तावमाथि कुनै निर्णय भएन।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्