काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायतका भू–भागको सुरक्षा माग गर्दै सर्वोच्चमा रिट, कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग ।
२) निदान अस्पतालका सिइओसहित ५ जनालाई कारबाही प्रक्रियाअघि बढाइयो, ललितपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान ।
३) थोक बजारमै प्याज प्रतिकेजी १ सय ४५ रुपैयाँ, ३ महिनामा पौने ४ करोडको प्याज आयात, भारतीय प्रतिबन्धसँगै चीनबाट बढ्यो आयात ।
४) बी एन्ड आर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ महिला क्रिकेट टोलीको सहज जित, चीन ८ विकेटले पराजित ।
५) र, बोलिभियामा विपक्षी सिनेटरले आफैंलाई घोषणा गरिन् अन्तरिम राष्ट्रपति, चाँडै निर्वाचन गराउने दाबी, विपक्षी पार्टीका विधायकद्वारा बैठक बहिष्कार ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।