राजविराज– उदयपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कटारी नगरपालिका– ११ गोठडाँडाका ५० वर्षिय शंकर राउतको गोली लागेर मृत्यु भएको हो।
भरुवा बन्दुकको छर्रा लागेर गएराति राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले बताए। सिकार खेल्न गएका राउतलाई भरुवा बन्दुकको गोली लागेको जानकारीमा आएपनि थप अनुसन्धान भइरहेको केसीले बताए। ‘घटनाको विस्तृत विवरण आएको छैन। गाेली कसले चलायो? भन्ने विषयमा पनि अनुसन्धान हुँदैछ’ केसीले भने, ‘अनुसन्धानपछि मात्रै सबै कुरा जानकारीमा आउँछ।’
मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा ल्याइएको छ। यसअघि कार्तिक १ गते बँदेल मार्न थापेको विजुलीको पासोमा परेर सप्तरीको कञ्चनरुप नगरपालिका– ५ पिप्राटोलका २३ विर्षय अजय मुखियाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।