काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) भारतले नेपाली सीमा अतिक्रमण गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै डा. केसीले स्थगन गरे अनसन, नेपालीको आत्मसम्मानमा चोट नर्पुयाउन मोदीलाई पत्र ।
२) आर्मी मेडिकल कलेजले पनि एमबिबिएसमा असुल्यो प्रति विद्यार्थी ८ लाख बढी शुल्क, मिडियालाई सूचना दिए गायब पार्ने कलेज प्रशासनको धम्की ।
३) आर्थिक वर्ष सुरु भएको साढे ३ महिनापछि सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन, सुनका तयारी गहनाको भन्सार बढ्यो, वाइनमा भने छुट ।
४) घरेलु टोली बंगलादेशमाथि सोझो सेटमै नेपालको जित, एक खेल अगावै सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश, सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शन ।
५) र, निजी कम्पनीका विज्ञापनमा प्रधानमन्त्री मोदीको तस्बिर प्रयोग बढेपछि भारतमा नयाँ कानुन ल्याइँदै, राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरे ६ महिना कैद र पाँच लाख जरिवाना ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।