• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यस्तो तासको गड्डी, जितिन्छ वा हारिन्छ पहिल्यै कानमा खुसुक्क आउँछ जानकारी, मूल्य १ लाख

कुन मुद्दामा कारबाही गर्ने प्रहरी अन्योलमा
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १५:४९
1140x725

काठमाडौं- सोमबार करिब ११ बजेतिर एक बुक तास हातमा लिएर फिट्छन्, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र एक प्रहरी निरीक्षक।

कालिमाटी प्रहरी कार्यालयमै यसरी फिटिएको तास बाँड्न सुरु हुन्छ। तास बाँड्नुभन्दा अगावै मोबाइलले संकेत गर्छ, ‘टुटुटु ...।’ अर्थात दुईको संकेत गर्छ । त्यसपछि चार जनालाई फलाँस खेलका लागि तीन/तीन पत्ती तास बाँडिन्छ। 

मोबाइलले पहिल्यै संकेत गरेर टु अर्थात् दोस्रो नम्बरको व्यक्तिले तास जित्नुपर्ने हुन्छ। नभन्दै तास पल्टाउँदा दोस्रो व्यक्तिले नै खेल जित्छ।

सुन्दा अपत्यार लागे पनि वास्तविकता भने यही हो। प्रहरीले आइतबार काठमाडौं सीतापाइलाबाट सर्लाहीको बरहथवा नगरपालिका–९ घर भएका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो। 

यस किसिमको तासबारे महानगरीय प्रहरी वृत्त कालिमाटीमा तिहारकै बेला सूचना आएको थियो। प्रहरीले सुरुमा विश्वास नगरे पनि सूचना सही थियो। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोली ग्राहक बनेर यस किसिमको तासको सेट किन्न गएपछि यसको रहस्य बाहिर आएको छ।

कार्की पक्राउ परेपछि यसका रहस्यका पाटाहरु खुल्दै गएका छन्।

भिडियो

nimb
nimb
Ncell 2
Ncell 2

पक्राउ परेका व्यक्तिले चीनको ग्वान्जाओबाट सेन्सर जडित तास र हार जित पहिल्यै पत्ता लगाउने उपकरण ल्याएका थिए। करिब ५० लाख रुपैयाँको हाराहारीमा यस प्रकारका उपकरण उनले भित्र्याएको अनुसन्धानबाट खुलेको छ।

कसलाई के तास परेको छ र कसले खान्छ भन्नेबारे पहिल्यै जानकारी दिने उपकरणहरु मोबाइलदेखि, घडी, पर्स, कपडा र पैसामा समेत जडान गर्ने गरेको पाइएको छ।

यसरी हेर्दै नहेरी तासको पहिचान गर्ने दुई वटा तरिकाका उपकरण कार्कीले भित्र्याएको पाइएको हो। 

एक किसिमको उपकरणमा तासको बीच भागमा  चिपकार्ड प्रयोग गरिएको हुन्छ। उक्त चिप कार्ड रिड गर्न मोबाइल, घडी, पर्स, सर्ट तथा नोटको बिटोमा समेत उपकरण जडान गरिएको हुन्छ। 

यस्ता ठाउँमा जडान गरिएका उपकरणले कसलाई के तास गएको छ र कसले खेल जित्छ भन्ने जानकारी दिन्छ। यो जानकारी अरुले थाहा नपाउनका लागि कानमा सानो किसिमको इयरफोन लगाइन्छ। र, इयरफोनलाई टोपीले छोपिन्छ। त्यसपछि तास बाँड्न सुरु गर्ने बेलैमा कसले जित्छ भन्ने जानकारी कानमा घुसाइएको इयरफोनले खुसुक्क दिने गरेको कालिमाटीका डिएसपी रुगम कुँवर बताउँछन्।
तास चिन्ने अर्को तरिका भने अलि भिन्न छ।

यस किसिमको तासको बाहिरी भागमा समेत भित्री भागको तास (जस्तै एक्का, बास्सा) को संकेत हुन्छ। तर हाम्रो नांगो आँखाले यस किसिमको संकेत देख्दैन। त्यसका लागि सानो सिसीको बोतलमा झोलभित्र मेसिन लेन्स राखिएको हुन्छ। उक्त लेन्स आँखामा राखेर उपकरण जडित चस्मा लगाएपछि कसलाई के तास परेको छ भन्ने जानकारी दिन्छ।

यसरी जडान गरिएका लेन्स र तास प्रतिसेट १ लाख रुपैयाँ पत्र पक्राउ परेका कार्कीले बेच्दै आएका थिए। यी उपकरण जडित तास किनेपछि हार-जित पहिल्यै थाहा हुने भएकाले हार्ने सम्भावना भने हुँदैन। 

पक्राउ परेका कार्कीले भने आफूले अहिलेसम्म यी उपकरण जडित तास नखेलेको, बेचेको मात्रै गरेको जनाएका छन्। यी उपकरण किनेर तास खेल्ने नहार्ने गरेको उनको दाबी थियो।

कार्कीले एक चिनियाँको सम्पर्कमार्फत काठमाडौं भित्र्याएका यी अवैधानिक उपकरण बरामद भएपछि क्यासिनोमा तास खेल्नेहरु समेत झस्किएका छन्। उनीहरुमध्ये केहीले तासमा उपकरण जडान गरिएको/नगरिएकोबारे हेर्दिनँ भन्दै प्रहरीकोमा पुगेका थिए।

कुन मुद्दामा कारबाही गर्ने प्रहरी अन्योल

तासको हार/जितबारे पहिल्यै जानकारी दिने विभिन्न उपकरणसहित पक्राउ परेका कार्कीलाई कुन मुद्दामा कारबाही गर्ने भन्ने अन्योल देखिएको छ। तासको हार/जितबारे जानकारी दिने यस्ता उपकरण पहिलो पटक पक्राउ गरिएको हो। 

यी उपकरणबारे कस्तो कारबाही गर्ने भन्नेबारे कतै उल्लेख गरिएको छैन। ‘तास खेल्दा खेल्दै पक्राउ गरिएको भए सोहीअनुसार मुद्दा चलाउँदा हुन्थ्यो। त्यस्तो अवस्था पनि छैन। ठग्ने उद्देश्यले यसरी भित्र्याइएको उपकरणबाट पीडित भएँ भन्दै उजुरी पनि आएको छैन’ कालिमाटीका डिएसपी रुगम कुँवरले भने, ‘यस्तो अवस्थामा मुद्रासम्बन्धी मात्रै कारबाही गर्नुपर्ने अवस्था आउँछ।’

कार्कीको कोठाबाट प्रहरीले नेपाली नोट काटेर त्यसमा सेन्सर जडित उपकरण जडान गरिएको अवस्थामा केही नोट पनि बरामद गरेको थियो। जसकारण सुरुमा सोही मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मा मुद्रासम्बन्धी कसुरको बारेमा उल्लेख छ। यस परिच्छेदको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने बारेमा उल्लेख गरिएको छ।  

दफा २६३ को उपदफा १ मा अधिकारप्राप्त अधिकारीको आदेश बिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन।

उपदफा २ मा अनुसार कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन।

उपदफा १ र २ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ व्यवस्था छ। 

यसमा कारबाही अगाडि बढाएको अवस्थामा कोही पीडित भए भनेर उजुरी आए ठगीमा पनि मुद्दा चलाउने प्रहरी तयारी छ।

यस्तो छ बरामद सामानको विवरण
८० हजार रुपैयाँ, डिभाइस जडान गरिएको १ हजार दरको नोट १४ थान, भारतीय नोट ६ हजार, अन्य देशका नोट ३२ थान, मुक्तिनाथ विकास बैंक लिमिटेडको ७ लाखको चेक, बैंक अफ काठमाडौंको ६ लाखको चेक, टेपले बाँधेर काटिएको अवस्थाको हजारको नोट ८ टुक्रा बरामद भएको छ।

वाइबी लेखिएको मोबाइल ७ थान, सिभिके ५०० लेखिएको मोबाइल १ थान, सामसुङ मोबाइल ३ थान, ग्योलेक्सी ७ प्रो १ थान, आइफोन २ थान, वाई मोबाइल १ थान गरी १५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

यी बाहेक कसलाई के तास परेको छ, कसले खेल जित्दैछ भन्ने पत्ता लगाउने विभिन्न उपकरण जडान गरिएका अन्य सामानहरु पनि बरामद भएका छन्।

उपकरण जडान गरिएको १० वटा पर्स, ५ वटा बेल्ट, एउटा हाते घडी, १० थान चस्मा, बाहुलामा उपकरण जडान गरिएको टिसर्ट ३ थान, उपकरण जडित ह्याण्ड ब्याग २ थान बरामद भएको छ। 

त्यसैगरी उपकरण जडान गरिएको जेआइएस लेखिएको बट्टा ५ थान, पिके २ थान, इलेक्ट्रिक चुरोट १ बट्टा, रिमोर्ट २४ थान, एलइडी लाइट १ थान बरामद भएको छ। 

त्यसैगरी उपकरण जडित इयरफोन १३५ थान बरामद गरिएको प्रहरीले जनाएको छ। यस इयरफोनले कसलाई कुन तास परेको छ? कसले खेल जित्देछ भन्ने जानकारी दिन्छ।

म्याग्नेट ५ थान, सानो ब्याट्री १६८ थान, पावर बैंक १ थान, ४५ थान लेन्स, इलेक्ट्रिक हेल्थ वाच १ थान, को लेखएिको उपकरण १ बट्टा, स्पेसल लेन्स १ थान, बरामद भएको छ।

उपकरण जडित कालो रङको टिर्सट १२ पिस, सेतो बुट्टे सर्ट १५ पिस, सिल लगाएको तास ४ बोरा रलेन्स सफा गर्ने बट्टा ४ थान बरामद भएको हो।

यस्ता सामग्री खेलाडीले खल्ती, कपडाका विभिन्न कुनाकाप्चा तथा पट्याइएको नोटमै पनि राख्नसक्ने र त्यो सेन्सर जडित सामानले कसलाई कुन तास परेको छ र कसले जित्दैछ भन्ने थाहा पाउन सक्ने प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ... आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार, जेठ ३, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले ‘३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्न’ भनेपछि उनी मलेसिया उड्न पाएनन् ।... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, जेठ ५, २०८३
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री वाग्लेले जवाफ दिँदै मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ ५, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्