काठमाडाैं- डेविड रोबसनका अनुसार उदासीपनले हाम्रो जीवनमा महशुस नै नगरिएका बाधा-अड्चनहरू ल्याउँछ तर यसले हाम्रो चारीत्रिक विकासलाई नयाँ रुप दिनलाई सहयोग पनि गरिराखेको हुन्छ।
‘मैले धेरै व्यक्तिहरू भेटेको छु‚ जसले मलाई उदासी बनाए। तर स्यान्डि म्यान ती थोरैमध्ये एक हुन् जसले उदासीपनलाई यौटा कलाको रूपमा लिएकी छन्‚’ उनको ल्याबमा गएका केही जिज्ञासुहरुलाई टेलिफोन नम्बरको लामो लिस्ट उतार्ने काम दिइयो। ‘तिनीहरुले सो कामलाई विनम्र ढङ्गबाटै बेवास्ता गरे‚’ स्यान्डिले भनिन्‚ ‘उनीहरुको लगातारको उँगाइबाट पनि यो कुरा पुष्टी हुन्थ्यो।’
त्यही आलसीपन नै विज्ञानको लागि सफलता प्राप्तिको माध्यम बन्यो। म्यानलाई आलसीपनले हाम्रो जीवनमा पार्ने असरको बारेमा जान्ने इच्छा छ।
उनी ‘हृदयको शुन्यता’ को विषयमा खोज गर्ने अहिलेसम्मकै पहिलो मनोवैज्ञानिक हुन्। ‘यो विषय मनोविज्ञानकै अर्को पाटो हो‚’ उनले भनिन्। आलसीपनका बारेमा झट्ट सुन्दा पट्ट्यार लाग्दो सुनिएता पनि यो कुरो पुरै सत्य भने होइन।
दिमागका लागि आलसीपन खतरनाक र हानिकारक पनि छ जसले शारीरिक अवस्थालाई पनि असर पुर्याउँछ। तर‚ म्यानका रिसर्चका अनुसार अल्छिपनाबिना हामी कुनैपनि रचनात्मक कामहरू गर्न सक्दैनौं।
.jpg)
बोर्ड् टू डेथ
अहिले विलासिता जीवनयापनको ठूलो हिस्सा बनिसकेको छ। सन् १८५२मा मात्रै चार्ल्स डिकेन्सको ‘ब्लिक हाउस’का माध्यमबाट यो शब्दले भाषामा प्रवेश पाएको थियो। डिकेन्सको एक अध्ययनका अनुसार लेडि डेडलकको पीडामा उनको विवाहपछिको ‘आलस्यपनदेखि मृत्युसम्म’ शिर्षकमा लेखिएको लेखमा अहिलेसम्म पत्ता लागेका धेरै खोजहरूलाई रोक्न सक्ने विषयहरू समेटिएका छन्। तर शायद हाम्रो समाजका केही चलनचल्तीका कारण वैज्ञानिकहरू पनि नयाँ कुराको आविष्कार गर्नमा ढिलासुस्ती गरिरहेका छन्।
‘जब तपाईं कतै पौडिरहनु भएको छ भने तपाईं ‘म पौडिरहेको छु’ भन्ने कुराको स्मरण गरिरहनु हुन्न‚’ क्यानडास्थित योर्क युनिभर्सिटीका जोन इस्टउड् भन्छन्‚ ‘निरस व्यक्तिहरू नै निरास हुन्छन् भन्ने एक किसिमको फरक तर गलत बुझाइ रहेको छ‚’ उनका अनुसार आलसीपनबाट ग्रसित मानिसमा दुईप्रकारका गुणहरू हुन्छन्‚ ती दुवै आफैंमा सुस्त भने हुँदैनन्।
एकप्रकारका अल्छिहरू रिसालु स्वभावका हुन्छन् त्यसैले आलसीपनलाई मानिसहरूले प्राकृतिक आवेगसँग पनि तुलना गरिरहेका हुन्छन् भने दोस्रो प्रकारका अल्छिहरू यो संसार डरलाग्दो भएको बताउँदै आफ्नो सहज तथा सुरक्षित स्थानमा मात्रै बस्न चाहने र बाहिर निस्कन र बाह्य गतिविधीमा चासो पनि नलाग्ने बताउँछन्।
यो प्रष्ट भैसकेको छ कि सुरुदेखि नै यी दुवै प्रकारका मानिसका सोचले आफैंलाई हानी गरेको पाइएको छ। आलसीपन कुनै न कुनै प्रकारले कुलतसँग पनि जोडिएको छ। यसका कारणले मानिस धुम्रपान र मद्यपानको कुलतमा समेत फस्ने गरेको पाइएको छ। आलसीपन दैनिक जीवनयापनका लागि पनि त्यतिकै उपयोगी भएको अनुसन्धानकर्ताहरू बताउँछन्।
इस्टउड्का अनुसार हामी आधुनिक प्रविधीको जमानामा छौं। हामी सामाजिक मिडियाले गर्दा सजिलै बहकिन्छौ। उनले मानिसलाई रोबोटसँग तुलना गर्दै भने‚ ‘हामी हाम्रो जिज्ञासा एकदमै द्रुत रुपमा हल होउन् भन्ने चाहन्छौं। यस्ता कुराले गर्दा मानिसलाई झन् आलसी बनाउँदै लगेको छ‚’ उनका अनुसार हामीसँग भएका तर वास्ता नगरिएका यस्ता ठूला र चासोका विषयहरू छन् जसमा हामीले प्रश्न उठाउन थाल्यौं र चासो देखाउन थाल्यौं भने आलसीपन पनि बिस्तारै हट्दै जानेछ र यो नै सबैभन्दा राम्रो उपाय हो।
[यो सामाग्री प्रदीप खद्योतले बिबिसीबाट भावानुवाद गरेका हुन्]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।