• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राज्य व्यवस्था समितिमा सांसदहरूको एकै स्वर : सीमा समस्या सल्टाउने मौका नचुकाऔं 

'चीनले पनि मिचेको छ'
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  १८:१४
1140x725

काठमाडौं- नेपालको सीमा अतिक्रमण गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सिर्जना भएको विवाद सडक हुँदै संसदीय समितिसम्म पुगेको छ। राज्य व्यवस्था समितिले यसमा छलफल गरी निर्देशनसमेत दिएको छ। देशको सीमा प्रत्येक नागरिकको स्वाभिमानसँग जोडिएको भन्दै समितिमा बोल्ने सांसदहरुले नेपालको एक इन्च जमिनपनि छोड्न नहुने सुझाव दिएका छन्। 

राज्य व्यवस्था तथा सुशासन र अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिमा यो विवादमा छलफल भएको छ। राज्य व्यवस्था समितिको छलफलमा प्रधानमन्त्रीको अधिकार लिएर भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्या अर्याल, गृहमन्त्री रामबहादुर थापा बादल र पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका थिए। 

समितिको बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले नेपालसँग भएका तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्रको  महाकाली नदीले छुट्याउने नक्सा रहेको दाबी गरे। समितिका अध्यक्ष दाहालले सीमा अतिक्रमणका बारेमा सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू पनि एकै ठाउँ उभिएकाले नेपाली भूमि फिर्ता गराउने बताए। कालापानीमा भारतले नेपालको अनुमति बिनै सेना राखेको भन्दै त्यसका लागि कुनै राजा वा सरकारले अनुमति नदिएको बताए। अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएर भारत र चीन भ्रमणको समयमा नेपालको लिपुलेकदेखि कालापानीसम्म कुरा राखेको उनले बताए। 

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कालापानीको सीमामा भारतीय सेना रहेको तर नेपाली सुरक्षा निकाय नभएको प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए। नेपाली सीमा कसले किन दियो त्यसको खोजी सरकारले गरेर ठोस वार्ता गर्नुपर्ने बडूको भनाइ छ। समाजवादी नेपालका सांसद राजेन्द्र श्रेष्ठले पनि नेपालको सिमा सुरक्षा गर्ने र बलियो बनाउने उपयुक्त मौका भएकाले सरकारलाई अगाडि बढ्न सुझाव दिए। बोर्डर क्षेत्रमा विकास गर्ने कुरामा योजनाबद्ध रुपमा अगाडि बढ्न पनि उनले सुझाव दिए। भारत र चीनको बोर्डरमा धेरै विकास हुदाँ त्यसको असर नेपाली क्षेत्रतिर परेको कुरा ख्याल गर्न उनले आग्रह गरे। 

अन्तराष्ट्रियकरण गरौं 
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यो मुद्दा अन्तराष्ट्रिय करण हुनुपर्ने माग गरे। भारतले हेपेर नेपाली भूभाग आफ्नो नक्सामा समावेश गरेकाले यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने उनको माग थियो। भारतीय राजदूतलाई सरकारले बोलाएर एकपक्षीय रुपमा नक्सा जारी गर्नुको कारण माग गर्नुपर्ने माग उनले गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

चीनबारे पनि बोलौं 
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले चीनले सीमा मिचेको विषयमा पनि बोल्ने बेला आएको बताए।  सोमबार संसदको राज्यव्यवस्था समितिमा बोल्दै सिंहले प्रश्न गरे, ‘भारतले सीमा मिचेकोमा बोल्ने तर चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन?’

कात्तिक १६ गते भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको विषयमा राज्य व्यवस्था समितिले छलफल आयोजना गरेको थियो। 

छलफलमा उनले भारत र चीन दुवै देशले मिचेको सीमाका बारेमा समान धारणा आउनुपर्ने पनि बताए। ‘उत्तरतिर चीनले १०/११ ठाउँमा सीमा मिचेको समाचार आइरहेका छन्, यसबारेमा किन कसैले केही बोल्दैन? सरकार किन मौन बस्छ?’ सांसद् सिंहले प्रश्न गरे, ‘कोरला नाकाको नेपालीहरुसँग किन चाबी छैन? चीनले मात्रै चाबी राख्नुको कारण के हो? सीमाका दुवै देशसँग चाबी हुनुपर्ने होइन र?’

सांसद सिंहले मिडियाबाजीको प्रभावमा भावुक भएर कुनै पनि निर्णय गर्न नहुने सुझाव पनि दिए। भारतले सीमा अतिक्रमण गरेको विषयमा कुटनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने उनले बताए। राज्य व्यवस्था समितिमा बोल्ने सबै सांसदहरुले भारतबाट सीमा मिचिएको विषयमा तत्काल उच्च स्तरमा संवाद गर्न र नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सुझाव दिएका थिए।

सिंहका विचारलाइई उनीपछि बोलेका सांसदहरु डिला संग्रौला, राम सहायकप्रसाद यादव र नवराज सिलवालले सिमा विवाद समाधान गर्ने उपयुक्त समय भएको भन्दै सरकारले अघि बढ्नुपर्ने सुझाव दिएका थिए। तस्बिर : रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड
बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन बिहीबार, असोज १, २०८३
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड बिहीबार, असोज १, २०८३
बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक बिहीबार, असोज १, २०८३
बाढीपहिरोका कारण केही सडकका आवागमन बन्द, कृष्णभीर सञ्चालनमा बिहीबार, असोज १, २०८३
केही प्रदेशमा मेघगर्जनसहित वर्षा हुने बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्