मुल्तान (एजेन्सी)– पाकिस्तानमा स्टाइलिस दाह्री पाल्दा पुरुषहरू अफ्ठेरोमा पर्ने सम्भावना बलियो भएको छ। पाकिस्तानको डेरा गाजी खान जिल्ला परिषद्ले युवाहरूलाई स्टाइलिस दाह्री राख्न प्रतिबन्ध लगाएको छ।
जिल्ला परिषद्ले फ्रेन्च कट, गोटी जस्ता स्टाइलिस दाह्री इस्लाम धर्मका विरुद्ध भएको ठहर गरेको छ। परिषद्ले पारित गरेको प्रस्ताव लागू गर्न जिल्लाको कार्यकारी कमिस्नरसमक्ष माग राखेको छ।
जसले आफ्नो दाह्रीलाई मजाक बनाउँछन्, त्यसलाई कारबाही गर्न माग गरिएको छ। प्रस्ताव राख्ने आसिफ खोसाका अनुसार युवाहरूमा जागरुकता फैलाउन जरुरी छ। उनले भने, ‘युवाहरू आजभोलि फेसनको नाममा दाह्रीलाई विभिन्न स्वरुप दिन्छन्। जुन इस्लामको शिक्षा विरूद्ध हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।