चितवन- भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आइतबार बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा एकजनाकाे मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षिय स्कुटरका चालक सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार रहेकी छन्।
प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो। घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटना बिहान ३ः५० बजे भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।