लखनऊ (एजेन्सी)– भारतको उत्तर प्रदेश राज्यमा पाँच वर्ष मुनीका ५० लाखभन्दा बढी बच्चाहरू कुपोषणको सिकार भएका छन्। राज्य पोषण मिशनले सार्वजनिक गरेको रिपोर्टमा पाँच वर्ष मुनीका ५४ लाख बच्चाहरू कुपोषणबाट ग्रस्त छन्। यो सूचीलाई छिट्टै नियन्त्रण नगरिए केही वर्ष भित्र स्थिति नाजुक बन्न सक्ने बताइएको छ।
सरकारले यसबाट छुटकारा पाउन आइतबारदेखि सबरी संकल्प योजनाको सुरुवात गरेको छ। जुन ३९ वटा जिल्लामा सञ्चालित हुनेछ। मिशनका निर्देशक अनुप कुमारले राज्यको ६ वटा जिल्लामा ५० प्रतिशत बढी बच्चा कुपोषणको सिकार भएको बताए। उनले आजमगढमा मात्र ६१ प्रतिशत बच्चा कुपोषणको सिकार भएको बताए। दोस्रो नम्बरमा शाहजहानपुर छ। जहाँ ५४ प्रतिशत बच्चा कुपोषणको सिकार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।