बेइजिङ (एजेन्सी)– चीनले अनलाइन प्रतिलिपि अधिकारको उल्लंघन मुद्धालाई निर्मुल पारेको घोषणा गरेको छ। प्रतिलिपि अधिकार सम्बन्धि मुद्धाको अवलोकन गरिरहेको एउटा संगठनले आइतबार ३ हजार ९ सय ८ वेभसाइट बन्द गरेको छ।
सरकारी न्युज एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रिय प्रतिलिपि अधिकारको लागि काम गरिरहेको प्रशासनले देशभरि २२ हजार ५ सय ६८ ‘पायरेसी’ मुद्धाको अनुसन्धान गरेको थियो। पाँच वर्षमा ६० हजारभन्दा बढी पोष्ट हटाइएको सिन्ह्वाले जनाएको छ।
प्रशासनले अन्य विभागको सहयोगले अनलाइन साहित्य, संगीत, भिडियो, गेम्स, एनिमेशन र सफ्टवेयरसँगै मोबाइल एप, क्लाउड स्टोरेज र ई–कमर्स प्लेटफर्मलाई लक्षित गर्दै लगातार १३ वर्ष अध्यन गरेको थियो। प्रशासनका अनुसार सरकारको यो कदमले प्रतिलिपि सुरक्षाप्रति मानिसको जागरुकता बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।