काठमाडौं- वाम गठबन्धन विधान कार्यदलको पहिलो बैठकले मस्यौदा लेखनका लागि ४ सदस्यीय मस्यौदा उपसिमित गठन गरेको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको कार्यदलको बैठकले एमालेबाट प्रदीप ज्ञवाली, भीम रावल तथा माअेवादीबाट देव गुरुङ र नारायणकाजी श्रेष्ठ प्रकाश रहने मस्यौदा उपसमिति गठन गरेको हो।
बैठकले दुवै पार्टीको दस्तावेज अध्ययन गर्ने र आगामी बिहीबार पुन: कार्यदलको बैठक बस्ने निर्णय गरेको छ।
कार्यदल सदस्य एवं एमाले नेता रघुजी पन्तले कार्यदलका सबै सदस्यले एकअर्काको पार्टीको दस्तावेज अध्ययन गरेर बैठक बस्ने सहमति गरेको बताए। त्यस बेलासम्म मस्यौदा लेखनका लागि उपसमिति गठन गरिएको जानकारी दिए। उपसमितिले भोलिबाटै काम अघि बढाउनेछ।
विधान कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।
कार्यदलको अर्को बैठक एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा अगामी १७ गते बिहान ११ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।