राजविराज- सप्तरी प्रहरीले आइतबार २५० लिटर अवैद्य घरेलु मदिरा र २५ ड्रम मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रण गरी नष्ट गरेको छ।
प्रहरी चौकी फत्तेपुरको टोलीले सप्तकोशी नगरपालिका वडा नं. १० बाट मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएको हो। गुनेलाल मलाह र धर्कन मलाहको घरबाट नियन्त्रण गरिएको कच्चा पदार्थ र मदिरा स्थानीयवासीको रोहबरमा नष्ट गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।