काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नहुने सरकारको भनाई, नेपाली भूमि तत्काल हटाउन माग गर्दै भारतीय दूतावासलाई नेविसंघको ज्ञापन पत्र÷भारतविरुद्ध चर्का नाराबाजी
२) नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नगरिएको भारतको जिकिर, भ्रम सिर्जना गर्न खोजिएको भन्दै विदेश मन्त्रालयको खण्डन
३) राष्ट्रिय शिक्षा नीति २०७६ व्यवहारिक शिक्षामा जोड, विश्वविद्यालय शिक्षापछि समाज सेवा अनिवार्य, सबै उपक्षेत्र समेटिएको पहिलो शिक्षा नीति भएको मन्त्रालयको दाबी
४) एमसिसीसँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेलको पहिलो इनिङमा नेपालको ब्याटिङ कमजोर, सन्दीपले बनाए सर्वाधिक अविजित ३८ रन
५) र, अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा पहिलो सार्वजनिक सुनुवाई आगामी साता, डेमोक्रेट र रिपब्लिकन सांसदले साक्षीलाई प्रश्न गर्ने
पूरा समाचार माथिको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।