प्योङयाङ, उत्तर कोरिया- अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ।
उत्तर कोरियाको केन्द्रीय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा 'अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५ मा प्रकाशित अङ्कमा वासिङ्टनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको' बताइएको छ।
अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाको अर्बौं डलर बराबरको खर्च गरिन लागेको दाबी उत्तर कोरियाको छ। यसका लागि विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तर कोरियाले जनाएको छ।
एनबिसी, ब्लुमवर्ग न्युज तथा वासिङ्टन पोस्ट जस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तर कोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यावहारिक कार्यान्वयनको चरणमा रहेको उत्तर कोरियाली अधिकारीले बताएका छन्।
अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको केसिएनएले उल्लेख गरेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।