काठमाडौं (रासस) – तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
कोटेश्वरबाट गौशाला जाँदै गरेको बा ६१ प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।