काठमाडौं- सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भारतले एक पक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने बताएका छन्।
भूमि मिचिएको कुरामा सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेको छ , मन्त्रिपरिषद्को निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, एक पक्षीय रुपमा जारी भएको राजनीतिक नक्सालाई हामीले अस्वीकार गर्ने र कूटनीतिक र राजनीतिक तहबाट त्यसलाई समाधान गर्नेछौं।
कूटनीतिक राजनीतिक पहलहरु र ऐतिहासिक दसीका आधारमा विवादलाई टुंग्याउने उनले बताए।
उनले नेपाल र भारतबीच अन्यत्र पनि विवाद टुंगो लगाउन बाँकी भएको बताए। करिबकरिब २ प्रतिशत ठाउँमा ती समस्या छन् , उनले प्रष्ट पारे।
गत आइतबार भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भूमितिर राखिएको भन्दै नेपालमा तीव्र विरोध भइरहेको छ।
बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो क्षेत्र नेपालकै भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।