• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भूकम्प प्रभावितको 'अर्मपर्म' सामाजिक एकताको नमुना बन्दै

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  ०९:३६
1140x725

रसुवा- आफ्नै ठाउँमा कामदारको अभाव भएपछि बाहिरी जिल्लाबाट कामदार भित्र्याउनुपर्ने हुन्छ। तर यो बाध्यता हटाउने सहज उपाय अर्मपर्मलाई लिइन्छ। पालो मिलाएर काम गरिने व्यवस्था नै अर्मपर्म हो। 

यही अर्मपर्ममार्फत रसुवा उत्तरगयाका बासिन्दाले गतिलो उहादरण पेस गरेका छन्।

कामदार नपाएर घर बनाउने काम रोक्नुभन्दा प्राविधिकको सल्लाह लिँदै आलोपालो गरी घर बनाउन सकिने उदाहरण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँ र पैरेका भूकम्प प्रभावितले प्रस्तुत गरेका हुन्।

विनाशकारी भूकम्पले पुर्याएको क्षतिपछि पुनःनिर्माणले गति लिइरहेको समयमा रसुवाको उत्तरगयास्थित ठूलोगाउँ र पैरेका भूकम्प प्रभावितहरु आफ्नै मेहनतले आवास पुनःनिर्माणमा लागेका छन्। पुस्तौंदेखि चल्दै आएको पर्म परम्परा हराउँदै गएको समयमा भूकम्पपश्चात् समुदायमा यो चलनले पुन: निरन्तरता पाउन थालेको ठुलोगाउँका पूर्णबहादुर गुरुङले बताए। 'गुरुङ समुदायमा पुर्खौंदेखि जे काम गर्दा पनि अर्मपर्म गर्ने चलन छ, यो बीचमा हराएको थियो,' उनी भन्छन्, 'अहिले फेरि सुरु भएको छ। घर बनाउँदा पनि ३०/३५ जना साथ पालो मिलाएर काम गर्ने गरेका छौं।'

गाउँमा कामदारको अभाव भएपछि प्राविधिकको सल्लाह अनुसार घर बनाउन थालेका प्रभावितले अर्मपर्मबाट पुननिर्माणमा कामदारको अभावमात्र हटाएका छैनन्, समुदायबीचको आपसी एकता समेत कायम गराएका छन्। पर्म प्रणालीबाट काम गर्दा लगानी कम हुनेदेखि सिप तथा क्षमता पनि आदानप्रदान हुने ठूलोगाउँका इन्द्रबहादुर विश्वकर्मा बताउँछन्। 'घर बनाउनका लागि रकम धेरै लाग्ने हुँदा एकआपसमा कामहरु साट्दै सिक्दै-सिकाउँदै घर बनाइरहेका छौँ,' उनले भने, 'मिलेर काम गर्दा सजिलो हुदो रहेछ।'

ठूलोगाउँका भूकम्प प्रभावितले डेढ वर्षअघिदेखि समूह नै गठन गरी पर्म प्रणालीमार्फत एकपछि अर्कोको घर पुननिर्माणमा जुटिरहेका छन्। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा यहाँ रहेका २७२ जना अर्धदक्ष कामदार दक्ष हुँदै अहिले डकर्मीका रुपमा सक्रिय छन्। 

सिकर्मी र डकर्मीको तालिम लिएर दक्षता प्रदान गरेसँगै ठूलोगाउँमा अहिले १८ वटा समूह गठन गरिएको छ। यो समूह पर्म विधि सञ्चालनमै केन्द्रित छ। 

तीन समूहमा महिला मात्र आबद्ध रहेका छन्। समुहमा आबद्ध भएकाहरु एक अर्कोको घर बनाउन अपनाउँदै आएको आलोपालो काम गराइमा महिलाहरु पुरुष सरह सक्रिय छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि बालुवा, सिमेन्ट, इँटा लगायतका मजदुरी गर्दै आएका महिलाहरु रेडक्रसले दिएको तालिमको सहयोगमा पुरुषसँगै घरको जग खन्नेदेखि गारो लगाउने काममा जुटिरहेको उत्तरगया गाउँपालिका वडा नं ३ पैरेगाउँकी सुष्मा घलेले बताइन्। 'हामी महिलापुरुष मिलेर घर बनाइरहेका छौँ,' उनले भनिन्, 'महिला पनि पुरुषहरुले जस्तै गारो लगाउने, सिमेन्ट घोल्ने गरिरहेका छौँ।'

सरकारी तथ्याङ्क अनुसार भूकम्पबाट अति प्रभावित र पहिरोले बस्तीसमेत जोखिममा परेको साबिक ठूलोगाँउमा ४४३ घर पुननिर्माण गर्नुपर्ने देखिएको छ। जसमध्ये अहिलेसम्म ३१० परिवारले पर्ममार्फत घर निर्माण सम्पन्न गरिसकेका छन्। २८८ परिवारले तेस्रो किस्ताबापत पाउने सरकारी अनुदान पनि लिइसकेको छन्।
आवास निर्माणको लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम रेडक्रसमार्फत उपलब्ध गराइएको छ।  

निर्माणाधीन र निर्माण सुरु गर्न लागिएको घरको पुननिर्माणमा घडेरी सम्याउने, जग खन्ने निर्माणस्थलसम्म निर्माण सामग्री पुर्याउने काम पर्ममार्फत चलिरहेको छ। यो प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, धैर्य गर्ने र पुननिर्माणमा एकजुट हुन समेत प्रेरित गर्दै आएको छ। 

हराउँदै गएको पर्म विधि अहिले पुन: व्यवहारमा आएसँगै आफूहरुमा उत्साह र जागरुकता ल्याएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सहायक प्रशिक्षक गौरव सापकोटाले बताए। 'मेरो घर बलियो बनाउनुपर्छ भन्नेहरुले अरुको घर पनि बलियो बनाउनुपर्छ भन्ने भावना जागेको छ,' उनी भन्छन्, 'सबैले सामाजिक एकता राखेर अर्मपर्म गर्दै काम गर्ने हो भने पुननिर्माणले गति लिनेछ।' 

युवाहरु रोजगारीका लागि विदेशिएपछि अन्य स्थानमा कामदारको अभाव चर्कंदै गए पनि यहाँ भने महिला र पुरुष एकै समूहमा आबद्ध भई पर्म विधिमार्फत घर बनाउन देखिएको व्यस्तताले सामूहिकतामा शक्ति हुन्छ भन्ने अनुपम उदाहरण देखिएको छ। 

भौगोलिक रुपमा विकटता मात्र होइन आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा समेत कमजोर क्षेत्र रहेको ठूलोगाँउ र पैरेगाँउका बासिन्दाले भूकम्पपछिको पुननिर्माणमा हराउँदै र मासिँदै गएको पर्म विधि अन्य गाउँका लागि समेत प्रेरणा बन्न पुगेको छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण सोमबार, भदौ ८, २०८३
‘भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँ’ : खगेन्द्र सुनार सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत सोमबार, भदौ ८, २०८३
बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सोमबार, भदौ ८, २०८३
प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्