• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भूकम्प प्रभावितको 'अर्मपर्म' सामाजिक एकताको नमुना बन्दै

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  ०९:३६
1140x725

रसुवा- आफ्नै ठाउँमा कामदारको अभाव भएपछि बाहिरी जिल्लाबाट कामदार भित्र्याउनुपर्ने हुन्छ। तर यो बाध्यता हटाउने सहज उपाय अर्मपर्मलाई लिइन्छ। पालो मिलाएर काम गरिने व्यवस्था नै अर्मपर्म हो। 

यही अर्मपर्ममार्फत रसुवा उत्तरगयाका बासिन्दाले गतिलो उहादरण पेस गरेका छन्।

कामदार नपाएर घर बनाउने काम रोक्नुभन्दा प्राविधिकको सल्लाह लिँदै आलोपालो गरी घर बनाउन सकिने उदाहरण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँ र पैरेका भूकम्प प्रभावितले प्रस्तुत गरेका हुन्।

विनाशकारी भूकम्पले पुर्याएको क्षतिपछि पुनःनिर्माणले गति लिइरहेको समयमा रसुवाको उत्तरगयास्थित ठूलोगाउँ र पैरेका भूकम्प प्रभावितहरु आफ्नै मेहनतले आवास पुनःनिर्माणमा लागेका छन्। पुस्तौंदेखि चल्दै आएको पर्म परम्परा हराउँदै गएको समयमा भूकम्पपश्चात् समुदायमा यो चलनले पुन: निरन्तरता पाउन थालेको ठुलोगाउँका पूर्णबहादुर गुरुङले बताए। 'गुरुङ समुदायमा पुर्खौंदेखि जे काम गर्दा पनि अर्मपर्म गर्ने चलन छ, यो बीचमा हराएको थियो,' उनी भन्छन्, 'अहिले फेरि सुरु भएको छ। घर बनाउँदा पनि ३०/३५ जना साथ पालो मिलाएर काम गर्ने गरेका छौं।'

गाउँमा कामदारको अभाव भएपछि प्राविधिकको सल्लाह अनुसार घर बनाउन थालेका प्रभावितले अर्मपर्मबाट पुननिर्माणमा कामदारको अभावमात्र हटाएका छैनन्, समुदायबीचको आपसी एकता समेत कायम गराएका छन्। पर्म प्रणालीबाट काम गर्दा लगानी कम हुनेदेखि सिप तथा क्षमता पनि आदानप्रदान हुने ठूलोगाउँका इन्द्रबहादुर विश्वकर्मा बताउँछन्। 'घर बनाउनका लागि रकम धेरै लाग्ने हुँदा एकआपसमा कामहरु साट्दै सिक्दै-सिकाउँदै घर बनाइरहेका छौँ,' उनले भने, 'मिलेर काम गर्दा सजिलो हुदो रहेछ।'

ठूलोगाउँका भूकम्प प्रभावितले डेढ वर्षअघिदेखि समूह नै गठन गरी पर्म प्रणालीमार्फत एकपछि अर्कोको घर पुननिर्माणमा जुटिरहेका छन्। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा यहाँ रहेका २७२ जना अर्धदक्ष कामदार दक्ष हुँदै अहिले डकर्मीका रुपमा सक्रिय छन्। 

सिकर्मी र डकर्मीको तालिम लिएर दक्षता प्रदान गरेसँगै ठूलोगाउँमा अहिले १८ वटा समूह गठन गरिएको छ। यो समूह पर्म विधि सञ्चालनमै केन्द्रित छ। 

तीन समूहमा महिला मात्र आबद्ध रहेका छन्। समुहमा आबद्ध भएकाहरु एक अर्कोको घर बनाउन अपनाउँदै आएको आलोपालो काम गराइमा महिलाहरु पुरुष सरह सक्रिय छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि बालुवा, सिमेन्ट, इँटा लगायतका मजदुरी गर्दै आएका महिलाहरु रेडक्रसले दिएको तालिमको सहयोगमा पुरुषसँगै घरको जग खन्नेदेखि गारो लगाउने काममा जुटिरहेको उत्तरगया गाउँपालिका वडा नं ३ पैरेगाउँकी सुष्मा घलेले बताइन्। 'हामी महिलापुरुष मिलेर घर बनाइरहेका छौँ,' उनले भनिन्, 'महिला पनि पुरुषहरुले जस्तै गारो लगाउने, सिमेन्ट घोल्ने गरिरहेका छौँ।'

सरकारी तथ्याङ्क अनुसार भूकम्पबाट अति प्रभावित र पहिरोले बस्तीसमेत जोखिममा परेको साबिक ठूलोगाँउमा ४४३ घर पुननिर्माण गर्नुपर्ने देखिएको छ। जसमध्ये अहिलेसम्म ३१० परिवारले पर्ममार्फत घर निर्माण सम्पन्न गरिसकेका छन्। २८८ परिवारले तेस्रो किस्ताबापत पाउने सरकारी अनुदान पनि लिइसकेको छन्।
आवास निर्माणको लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम रेडक्रसमार्फत उपलब्ध गराइएको छ।  

निर्माणाधीन र निर्माण सुरु गर्न लागिएको घरको पुननिर्माणमा घडेरी सम्याउने, जग खन्ने निर्माणस्थलसम्म निर्माण सामग्री पुर्याउने काम पर्ममार्फत चलिरहेको छ। यो प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, धैर्य गर्ने र पुननिर्माणमा एकजुट हुन समेत प्रेरित गर्दै आएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हराउँदै गएको पर्म विधि अहिले पुन: व्यवहारमा आएसँगै आफूहरुमा उत्साह र जागरुकता ल्याएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सहायक प्रशिक्षक गौरव सापकोटाले बताए। 'मेरो घर बलियो बनाउनुपर्छ भन्नेहरुले अरुको घर पनि बलियो बनाउनुपर्छ भन्ने भावना जागेको छ,' उनी भन्छन्, 'सबैले सामाजिक एकता राखेर अर्मपर्म गर्दै काम गर्ने हो भने पुननिर्माणले गति लिनेछ।' 

युवाहरु रोजगारीका लागि विदेशिएपछि अन्य स्थानमा कामदारको अभाव चर्कंदै गए पनि यहाँ भने महिला र पुरुष एकै समूहमा आबद्ध भई पर्म विधिमार्फत घर बनाउन देखिएको व्यस्तताले सामूहिकतामा शक्ति हुन्छ भन्ने अनुपम उदाहरण देखिएको छ। 

भौगोलिक रुपमा विकटता मात्र होइन आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा समेत कमजोर क्षेत्र रहेको ठूलोगाँउ र पैरेगाँउका बासिन्दाले भूकम्पपछिको पुननिर्माणमा हराउँदै र मासिँदै गएको पर्म विधि अन्य गाउँका लागि समेत प्रेरणा बन्न पुगेको छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्