• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ
'नयाँ नेमार'को 'पर्फेक्ट ह्याट्रिक'
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  ११:०५
1140x725

एजेन्सी- ब्राजिलियन युवा फरवार्ड रोड्रिगोले गालाटासारेविरुद्धको खेलमा ह्याट्रिक गर्दै रियल मड्रिडलाई जित दिलाएका छन्।

च्याम्पियन्स लिगअन्तर्गत ग्रुप 'ए' अन्तर्गत गएराति भएको खेलमा उनले किर्तिमानी ह्याट्रिक गरेका हुन्। १८ वर्षीय रोड्रिगो रियल मड्रिडबाट च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने राउलपछि दोस्रो खेलाडी बनेका छन्।

ब्राजिलियन क्लब सान्तोसबाट स्पेन पुगेका रोड्रिगोलाई हाल पेरिस सेन्ट जर्मेन स्टार नेमारसँग तुलना गर्न थालिएको छ। एकै देशका तथा कम उमेरमै यो सफलता हासिल गरेका कारण पनि रोड्रिगोलाई 'नयाँ नेमार'को संज्ञा दिइएको हो। 'समर स्विच'मा रियल मड्रिड छिरेका रोड्रिगो र नेमारको उचाइसमेत समान ५ फिट ९ इन्च छ।

गएराति रोड्रिगोको ह्याट्रिकलाई 'पर्फेक्ट ह्याट्रिक' भनिएको छ। योसँगै रियलका लागि उनको गोल संख्या ५ पुगेको छ। जसका लागि उनले ६ खेल मात्रै खेलेका छन्।

'बर्नबाउका लागि मेरो नाम छनोट हुनु नै सपना पूरा हुनु हो,' खेलपछि प्रतिक्रिया दिँदै रोड्रिगोले भने, 'म धेरै खुसी र हौसिएको छु। यो रात सौहार्दपूर्ण हुनेछ। तर, म शान्त रहन कोशिस गर्नेछु।'

खेलको चौथो मिनेटमै रियललाई सुरुवाती अग्रता दिलाउँदा रोड्रिगोलाई घरेलु दर्शकले उच्च सम्मान प्रकट गरेका थिए। आफ्नै देशका 'लेफ्ट फुटेड' मार्सेलोको पासमा उनले गोलको खाता खोलेका हुन्।

Ncell 2
Ncell 2

यही जुगलबन्दीमा अर्को गोल हुन बर्नबाउ रंगशालाले मात्र ३ मिनेट कुर्नुपर्‍यो। मार्सेलोको अर्को क्रसमा रोड्रिगोको हेड बलले जाली चुमेको थियो। च्याम्पियन्स लिगको कुनै पनि खेलमा पहिलो ७ मिनेटभित्र २ गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।

गालाटासारेका स्टेभन जोन्जीले टोनी क्रसलाई डि-बक्स एरियाभित्र फउल गरेपछि कप्तान सर्जियो रामोस आफैं पेनाल्टी प्रहार गर्न उत्रिएपछि रोड्रिगोले तत्कालै ह्याट्रिक गर्ने मौका गुमाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा रोड्रिगोको एसिस्टमा फ्रान्सेली स्टार करिम बेन्जिमाले गोल गरेपछि रियल ४ गोलले अघि बढेको थियो।

खेलअवधिभर ६९ प्रतिशत समय बल आफ्नो पक्षमा पारेको रियलले दोस्रो हाफमा पनि दबाबलाई कायम राख्यो।

खेल सकिन ९ मिनेट बाँकी रहँदा कार्भाजेलको क्रसमा बेन्जिमा पुनः गोल गर्न सफल भएपछि खेलमा पुनः रङ थपियो। अतिरिक्त समयको दोस्रो मिनेटमा चतुर खेल पस्कँदै रोड्रिगोको 'फाइनल टच' गालाटासारेका गोलकिपर मुसलेरालाई छक्काउँदै सुस्त गतिमा गोलपोष्ट छिरेको थियो। रोड्रिगोले च्याम्पियन्स लिगको दोस्रो सहभागीतामै 'पर्फेक्ट ह्याट्रिक' गर्न सफल भएका हुन्।

उनी छिट्टो सिक्न सक्छन् : जिदान
१८ वर्षीय युवा खेलाडीको सम्झनलायक प्रदर्शनपछि रियल म्यानेजर जिनेदिन जिदानले उनले छिट्टै सिकेको प्रतिक्रिया दिए।

'उनको प्रदर्शनलाई लिएर मलाई अचम्म लागेन,' जिदानले भने, 'किनकी उनीसँग सबै किसिमको खेल कौशल छ। उनी तीक्ष्ण छन् र छिट्टो सिक्न सक्छन्। सिक्न र गल्ति सुधार्न पनि उनमा उत्कट चाहना छ।'

शारीरिक रुपमा 'स्ट्राटजी' बनाउन उनले मेहनत गर्नुपर्ने बताउँदै जिदानले भने, 'प्राविधिक रुपमा बललाई कुन रुपमा दिशा दिनुपर्छ भन्नेमा उनी अब्बल छन्।'

'मैदानमा रोड्रिगो डरमुक्त भएर खेलेको मन पर्छ'
गएराति रोड्रिगोको एसिस्टमा एक गोल गरेका बेन्जिमाले उनी डरमुक्त भएर खेल्ने गरेको बताए। 'रोड्रिगो १८ वर्षका मात्रै भए तर उनी डरमुक्त भएर खेल्छन्,' बेन्जिमाले थपे, 'मलाई युवा फुटबलरले यही तरिकाबाट खेलेको मन पर्छ।'

यसअघि सन् २००४ मा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर वायन रोनीले १८ वर्षकै उमेरमा टर्किस क्लब फेनेरबाचविरुद्ध ह्याट्रिक गरेका थिए। त्यो उनको म्यान्यूका लागि डेब्यू खेलसमेत थियो।

जितसँगै रियल मड्रिड ७ अंकसहित ग्रुप 'ए'को दोस्रो स्थानमा यथावत छ। पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन रियलभन्दा ५ अंकले माथि छ। जितसँगै रियल म्यानेजर जिदानमाथिको दबाब केही कम भएको मानिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज
काठमाडौं महानगरको बजेट आइतबार आउने
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्