१५ वर्षिय निर्देशले एकैपारीमा १० विकेट लिए

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 १०:०५:०० मा प्रकाशित

एजेन्सी– भारतको मेघालयका क्रिकेटर निर्देश बैसोयाले एकैपारीमा १० विकेट लिएका छन्। १६ वर्षमुनिको टुर्नामेन्ट विजय मर्चेन्ट प्रतियोगितामा मेघालयका निर्देशले यो रकर्ड बनाएका हुन्।
असाम वैली विद्यालयको मैदानमा नागाल्याण्डविरुद्धको खेलमा उनले यो सफलता प्राप्त गरे। मरेठबाट सहभागी १५ वर्षिय निर्देश मेघालयका लागि आमन्त्रित खेलाडीका रुपमा खेल्ने गर्छन्। उनले २१ ओभरमा ५१ रन खर्चिँदै १० विकेट लिए। उनले १० ओभर मेडन गरेका थिए।

उनी अफस्पिनर बलर हुन्। खेलपछि प्रतिक्रिया दिँदै उनले आफ्नो खेलप्रति आफैलाई विश्वास नलागेको बताए। यसअघि मणिपुरका फास्ट बलर रेक्स सिंहले बनाएको रेकर्डलाई उनले पछि पारेका छन्।