मोगादिसु (एजेन्सी)– सोमालियाको राजधानी मोगादिसुमा दोहोरो बम विस्फोटमा १८ व्यक्तिको निधन भएको छ। २० व्यक्ति घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जानकारी दियो। आमिन एम्बुलेन्सका निर्देशक अब्दुकादिर अब्दिरहमानका अनुसार शुक्रबार बम विस्फोट भएको थियो।
‘म पुष्टि गर्न सक्छु, हामीले २० वटा लास घटनास्थलबाट निकालेका थियौं। २० जनालाई उपचारका लागि विभिन्न अस्पताल पुर्याएका थियौं’, उनले भने।
सोमालियाका सुरक्षा अधिकारीले राष्ट्रपति भवनमा हुन लागेको आक्रमणलाई विफल तुल्याएको बताइएको छ। विस्फोटन बोकेर आएको वाहनलाई रोक्ने प्रयास गर्दा विस्फोट भएको थियो।
यसले राष्ट्रपति भवनमा विस्फोट गराउने उद्देश्य भएको पुष्टी गरेको छ। भवनमा जबरदस्ती घुस्न खोजेका तीन शंकास्पद व्यक्तिलाई सुरक्षाकर्मीले मारेका थिए। विस्फोट साँझ ६ बजे भएको थियो। पहिलो विस्फोट डार्बिन होटल नजिक भएको थियो। त्यसपछि दोस्रो विस्फोट राष्ट्रपति भवन ‘भिला सोमालिया’ नजिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।