वीरगञ्ज- नेपाली कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा चलिरहेको वीरगञ्ज महानगरपालिकामा कांग्रेसका मेयर अजयकुमार द्विवेदीले मतान्तर घटाएका छन्।
सुरुमा कांग्रेसले अग्रता लिए पनि बिहानबाट राजपाका मेयर राजेशमान सिंहले झन्डै ३ सय मतले लिड गरेका थिए। अहिले पछिल्लो नतिजाअनुसार राजपाका सिंहले १२४२ मत ल्याउँदा कांग्रेसका द्विवेदीले आफ्नो मत बढाउँदै ११०२ पुर्याएएका छन्।
एमालेका बसरुद्दिन अन्सारीले ५७७ मत ल्याउँदा संघीय समाजवादी फोरमका विजय सरावगीले ५६५ मत ल्याएका छन्।
माओवादी केन्द्रका रहबर अन्सारीले ४६५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।