सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाहीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने प्रस्तावको विपक्षमा मत दिएकी छिन्। आज सम्पन्न संसद बैठकमा प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको समर्थन गरेकी शाहीले राजधानी वीरेन्द्रनगर बनाउने प्रस्तावमा भने असहमति जनाएकी हुन्।
शाहीले आफू र आफ्नो पार्टी कर्णालीको कुनै एक जिल्लालाई मौसमी राजधानी बनाउनुपर्ने पक्षमा रहेको बताइन। 'सुर्खेतलाई राजधानी बनाउने कुरामा हाम्रो विमति होइन' उनले भिनन् 'तर बर्षौदेखि राज्यको नजरमा पर्न नसकेको कर्णाली र त्यहाँका जनताले पाएको दु:ख जहाँको त्यहीँ नै छन। अहिले सुर्खेत राजधानी भएपनी कर्णालीको कुनै जिल्लामा मौसमी राजधानी हुनुपर्छ भन्ने कर्णालीका लाखौं जनताको चाहना छ । सो चाहानाको कदर गर्दै मैले राजधानीको विषयमा विपक्षमा मतदान गरेकी हुँ ।'
मुख्य राजधानी सुर्खेत भएपनी मौसमी राजधानी कर्णालीको सहजताको लागि कर्णालीको कुनै जिल्लामा हुनुपर्ने उनको भनाइ थियो। यद्यपी दुई तिहाइभन्दा बढी बहुमतले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाइ बनाउने प्रस्ताव ससदबाट पारित भइसकेको छ ।
मतविभाजन गर्दा वैठकमा सहभागि ३७ (सभामुखबाहेक) सांसदमध्ये सुर्खेतको वीरेन्द्रनगरलाइ राजधानी बनाउने प्रस्तावको पक्षमा ३६ र विपक्षमा एक मत परेको थियो। दुई जना सांसद भने वैठकमा उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।