बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन्।
मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन गर्दै राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गरे।
निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनर्रूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए।
व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही वर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भए पनि चीनको आर्थिक विकास स्थिररूपमा अघि बढेको राष्ट्रपति सीको दावी छ।
उनले भने, 'बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन्।'
चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लाने विश्वास उक्त अवसरमा राष्ट्रपति सीले गरे। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।