काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरू नियुक्ती गरेकी छन्। सरकारले प्रदेश प्रमुखहरु नयाँ नामावली सिफारिस गरेपछि राष्ट्रपतिले सातै प्रदेशका प्रमुख नियुक्ती गरेको राष्ट्रपतिको कार्यालय जानकारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेश प्रमुखका लागि नेकपाबाट आएका नाम अनुमोदन गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।
७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए।
विष्णु प्रसाईं, सोमनाथ अधिकारी 'प्यासी', धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।
आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।
राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेको अवस्थामा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुन्छ।
सम्बन्धित समाचार
नयाँ प्रदेश प्रमुख : चुनाव हारेकादेखि द्वन्द्वपीडितसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।