• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ प्रदेश प्रमुख : चुनाव हारेकादेखि द्वन्द्वपीडितसम्म

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १८, २०७६  १७:०१
1140x725

काठमाडौं– सातैवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन्।

प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। ७ प्रदेशका लागि पूर्व एमाले र माओवादी केन्द्रले क्रमशः ४ र ३ नाम भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।

राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।

सोमनाथ प्यासी– प्रदेश १
प्यासी पुराना वामपन्थी नेता हुन्। उनी २०४८ सालमा एमालेबाट सांसद बनेका थिए। उनी २०७४ सालको चुनावमा तत्कालीन एमालेको समानुपातिक सूचीमा थिए। पार्टीमा उनी अध्यक्ष ओली निकट मानिन्छन्। उनलाई कास्की २ को उपनिर्वाचनका लागि प्रदेश कमिटीले उम्मेदवारको सूचीमा राखेको थियो। तर, अन्ततः उम्मेदवार भने विद्या भट्टराईलाई बनाइयो। उनी नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन्।

तिलक परियार– प्रदेश २
परियार पूर्वमाओवादी नेता हुन्। चर्चित नेताहरुमै पर्ने उनी अन्तरिम व्यवस्थापिकाको सदस्य तथा पहिलो संविधानसभामा बाँके १ का निर्वाचित सभासद थिए।

संविधानसभाको दोस्रो चुनाव भने उनले वैद्य माओवादीमा लागेर बहिस्कार गरेका थिए। उनी वैद्य नेतृत्वको पार्टी हुँदै विप्लवतिर पनि लागेका थिए। तर, २०७३ सालमा उनी त्यहाँबाट अलग भएका थिए। पछि उनी माओवादी केन्द्रमा फर्किएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०२८ सालदेखि राजनीतिमा लागेका परियार कुनै बेला माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए। 

बिष्णु प्रसाईं– प्रदेश ३
२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनाव अन्तर्गत प्रसाईं झापाको मेचीनगर नगरपालिकामा तत्कालीन एमालेका तर्फबाट प्रतिस्पर्धी थिए। तर पराजित भएका थिए।

उनी नेपाली कांग्रेसका उम्मेदवार विमल आचार्यसँग पराजित भएका थिए। आचार्यले २० हजार ७ सय ७६ मत ल्याउँदा प्रसाईंले १९ हजार १ सय ९२ मत पाएका थिए। प्रसाईं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली निकट मानिन्छन्। उनी नेकपाका प्रदेश १ कमिटी संगठनमा पनि छन्।

अमिक शेरचन– गण्डकी
दोस्रो जनआन्दोनपछि गठित अन्तरिम सरकारमा शेरचन उपप्रधानमन्त्री भएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सो सरकारमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली समेत उपप्रधानमन्त्री थिए। उनी बाह्र बुँदे समझदारीका एक हस्ताक्षरकर्ता समेत हुन्।

Xtrem

Xtrem

तत्कालीन जनमोर्चाका अध्यक्ष समेत रहेका शेरचन माओवादीसँग पार्टी एकतापछि भने राजनीतिमा धेरै प्रखर सुनिएका थिएनन्। यद्यपि, एकीकृत पार्टीको स्थायी समिति सदस्य समेत थिए। एमाले र माओवादीबीच एकता भई नेकपा गठन भएपछि उनी झनै छायामा परेका थिए। हाल उनी नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन्।

पछिल्लो आम निर्वाचनमा उनले कुनै पदका लागि प्रतिस्पर्धा गरेनन्।

२०१७ सालदेखि बामपन्थी राजनीतिमा लागेका शेरचन झन्डै १६ वर्ष भूमिगत भएका थिए। उनी ३ वर्ष जेलसमेत परेका थिए।

शेरचनले २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा चितवन ५ बाट तत्कालीन एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने पराजित भए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले पराजित गरेका थिए।

धर्मनाथ यादव– प्रदेश ५
यादव नेकपाको केन्द्रीय सदस्य हुन्। तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियानअघि २०७३ फागुन २० गते झापाको विर्तामोडमा बसेको स्थायी समिति बैठकले थपेका १२ केन्द्रीय सदस्यमा उनी पनि थिए। २०४८ सालको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार भए पनि पराजित भएका थिए।

गोविन्द कलौनी– कर्णाली
कञ्चनपुरबाट नेकपाको राजनीति गरिरहेका छन्, कलौनी। उनी पूर्व एमालेका विभिन्न कमिटीहरुमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेका छन्। उनी २०३५ सालदेखि २०३७ सालसम्म अनेरास्ववियु (एकताको पाचौँ) को सदस्य थिए।

२०३६ साल देखि २०४७ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको डडेल्धुरा जिल्ला सदस्य भए। पाचौ राष्ट्रिय सम्मेलन बाट केन्दिय कमिटी सदस्य निर्वा्चित पनि भए। त्यस्तै, २०३९ सालदेखि २०४१ सम्म डडेल्धुरामा 'माक्र्सवादी अध्ययनदल'को प्रमुख भएका थिए। 

२०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजिनामा दिएर उनी पार्टीको पूर्णकालीन सदस्य बनेका थिए।

उनी २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) र २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परिक्षण कमिटी सदस्य भए।

कलौनी तीन पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन्। तर, उनी तिनैपटक सफल भएनन्। उनले २०५१ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट चुनाव लडेका थिए।

शर्मिला पन्त त्रिपाठी– सुदूरपश्चिम
शर्मिला पन्त पूर्व माओवादी पक्षकी हुन्। द्वन्द्वकालमा भूमिगत राजनीतिमा नलागे पनि उनले आस्था राखेकै आधारमा पति गुमाएकी थिइन्। २०६० साल असोज ९ गते उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठी कोटेश्वर तीनकुनेबाट वेपत्ता भएका थिए। सादा पोशाकमा आएका सुरक्षाकर्मीले उनलाई केही सोधपुछ छ भन्दै लगेका थिए। त्यसयता उनले श्रीमान् देख्न पाएकी छैनन्। श्रीमान् बेपत्ता भएपछि भने माओवादीमा सक्रिय भइन्।

राज्यले नै श्रीमानलाई बेपत्ता बनाएपछि खोजीका लागि उनले निकै संघर्ष गरिन्। उनले मानव अधिकार आयोगदेखि ओएचसिआरसम्म हारगुहार गरिन्। तर श्रीमानको पत्तो नलागेपछि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा मुद्दा दायर गरिन्। सर्वोच्चले सुरुमा कारण देखाऊ आदेश जारी गर्‍यो। तर, बन्दीको अवस्थाबारे केही जानकारी हुन नसकेपछि २०६० मागमा उनको रिट खारेज भएको थियो। त्यसपछि उनी राज्यबाट बेपत्ता पारिएका मानिसहरुका निम्ति सर्घषमा उत्रिइन्। २०६२ सालमा उनी उक्त समाजको अध्यक्ष भइन्।

त्रिपाठी पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री भएका समयमा नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य भएकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्रालयबाट गठन भएको द्वन्द्व पीडितका लागि गठित कार्यदलको सदस्य समेत भएकी थिइन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
सम्बन्धित सामग्री
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्य... आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय लागेक... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्