एजेन्सी- भारत प्रशासित काश्मीरको श्रीनगरमा ग्रिनेड हमला भएको छ। श्रीनगरमा आज दिउँसो भएको सो हमलामा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
हमला श्रीनगरको हरि सिंह हाई स्ट्रिटमा भएको हो। श्रीनगरका एसएसपी हसीब मुगलका अनुसार भिडमा किच्चिएर एक व्यक्तिको मृत्यु भएको र अन्य १५ जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। उक्त हमलापश्चात् त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
गत साता यसै ठाउँमा भएको एक ग्रिनेड हमलामा ७ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।